“तुम्हारा चाँद सा चेहरा, महे कामिल से मिलता हैं”

नेपालगन्ज । नेपालगन्जका उर्दू साहित्यकारहरुको संगठन गुल्जार-ए-अदबले आफनो मासिक गजल गोष्ठी शनिवार गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं-८ रानीतलाउस्थित महेन्द्र पुस्तकालको सभाहलमा सम्पन्न गजल गोष्ठीमा उर्दू साहित्यकारहरुले आ-आफनो गजल वाचन गरेका थिए । गोष्ठीमा “तुम्हारा चाँद सा चेहरा, महे कामिल से मिलता हैं” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।

नेपालगन्जका वरिष्ठ उर्दू शायर तथा गुल्जार-ए-अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैयद असफाक रसूल नेपाली, आदिल सरवर नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, अन्सर नेपाली, मेराज अहमद हिमालय लगायत उर्दू साहित्यकारहरूको सहभागिता रहेको थियो ।

गुल्जार-ए-अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी कार्यक्रम गरी उर्दू भाषालाई प्रोत्साहन गर्दै आई रहेका छन ।

Previous articleपत्रकारमाथि धम्की र दुर्वयवहारप्रति पत्रकार महासंघ बाँकेकाे ध्यानाकर्षण
Next articleराजस्वका आठ नक्कली कर्मचारी पक्राउ, खुल्यो यस्तो रहस्य !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here