पत्रकारमाथि धम्की र दुर्वयवहारप्रति पत्रकार महासंघ बाँकेकाे ध्यानाकर्षण

नेपालगन्ज । पत्रकारमाथि भईरहेको धम्की र दुर्ववहारप्रति नेपाल पत्रकार महासंघ बाँकेले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सह-सचिव एवं राप्तीसोनारी खबर डटकम अनलाइनका सम्पादक हेमन्त चौधरीलाई सिक्टा सब-डिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिकरुपमा दुर्व्यवहार र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानार्कषण भएको जनाएको हाे ।

२०७९ मंसिर २४ गते शनिवार राप्तीसोनारी गाउँपालिका वडा नं-४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा उपस्थित सहायक वन अधिकृत आचार्यले समाचारको बिषय उठाएर ठिक गरिदिने धम्की दिएको पिडित पत्रकार चौधरीले महासंघ समक्ष जानकारी दिनुभएको छ ।

‘समाचारको बिषयमा चित्त नबुझे वा कुनै फरक मत रहे कानूनी उपचारमा जाने बिकल्प हुँदा हुँदै जिम्मेवार सरकारी अधिकारीबाट पत्रकार चौधरी माथि भएको दुर्व्यवहार एवं भौतिक आक्रमणको धम्कीको नेपाल पत्रकार महासंघ बाँके शाखा निन्दा एवं भर्त्सना गर्दछ’ सचीव कमल डाँगीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

उक्त घटनामा संलग्न सहायक वन अधिकृत आचार्यलाई कानुनी कारवाही गर्न महासंघ बाँके सम्बन्धित निकायसंग जोडदार माग गर्दै निर्वाध र भयरहित वातावरणमा समाचार संकलन गर्न पाउने संबैधानिक अधिकारको सुनिश्चिता गर्न/गराउन सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं ।

Previous articleडुडुवामा कर्मचारीले शुरु गरे चरणबद्ध आन्दोलन (फोटो फिचर)
Next article“तुम्हारा चाँद सा चेहरा, महे कामिल से मिलता हैं”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here