आजदेखि हट्यो निर्वाचन आचारसंहिता

काठमाण्डाै । निर्वाचन आचारसंहिता आजदेखि हटेको छ ।

प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका  लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हाे ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताउनु भएको छ ।

आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।

Previous articleराजस्वका आठ नक्कली कर्मचारी पक्राउ, खुल्यो यस्तो रहस्य !
Next articleसमस्याकाबीच पनि अघि बढिरहेका छन् केही गर्न चाहनेहरु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here