
करुणा शाह (महारानी)
जसको कोहि हुदैन, उनैको सेवामा समर्पित मानव सेवा आश्रम नेपालगंजको आयोजनामा मानवताको लागि सांगीतिक यात्रा यहि मंसिर २९ गते नेपालगंजको रंगशालामा नेपथ्य लाइभ कन्सर्ट हुँदैछ । नेपालको ठुलो अनि चर्चित ब्याण्ड हो नेपथ्य ।
गायक अमृत गुरुङको रेशम…..। जोमसोमै बजारमा……। चरी मर्यो…….। छेक्यो छेक्यो…….। जोगले हुन्छ भेट…….। तालको पानी…..। यो जिन्दगीमा…….। निकै चर्चित र सदाबाहार गित हुन ।मंसिर २९ गते सांगीतिक माहोलमा झुम्नेछ्न नेपालगन्जबासी ।यहि सन्दर्भमा हामीले मानवसेवा आश्रमका पदाधिकारी उर्बिन सापकोटासंग कुराकानी गरेका छौं ।
आरामै हुनुहुन्छ ?
-हजुर आरामै ।
मानवताको लागि सांगीतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट गर्दै हुनुहुन्छ किन र के को लागि ?
-विशेष गरि मानवताको लागि सांगीतिक यात्रा देशका १० जिल्लामा हुँदैछ । आश्रमको भवन निर्माणको लागि नै हामीले यो सेवा अगाडि बढाएका हौ । अहिले हाम्रो प्राय सबै आश्रम भाडाको घरमा नै संचालित छ्न । जस्मा बेशाहारा, अशक्त, असाहाय, अभिभावकविहिन, मानशिक तथा शारीरिकरुपमा कमजोर व्यक्ति बस्नुहुन्छ । २०८२ मा साललाई सडक मानव मुक्क्त घोषणा गर्ने लक्ष्य लिएको छ । भाडामा धेरै खर्च नहुने हुँदा यो कन्सर्टबाट फन्ट कलेक्सन गरेर भवन निर्माणको लागि नै हो । साथै युवाहरुमा मानवता जागोस दया माया करुणा जागोस भनेर यो कन्सर्ट गर्दै छौ ।
कार्यक्रमको लागि तपाइहरुले एक महिना अगाडिबाट नै पुर्ब तयारी गर्नुभएको छ । कम्पिलिट तयार कस्तो छ ?
-हामीले ६००० लाई जोडने तयारी गरेका छौं। हामीले यहाँका बुद्दिजिबी, समाजसेवी, व्यापारी, सन्चारकर्मीसंग जोडिदै हामी आगाडी बढेका छौं । इन्टरनल तयारि पुरै छ । ७२ जनाको टिम छ उहाँ हरुको त्यस्को लागि उचि प्रबन्धको साथ खान र बस्न साथै सुरक्षाको तयारी पुरै भैसकेको छ । टिकेटको लागि पसल, रेस्टुरेन्ट, क्याफे, स्कुल, कलेजलाई भनेका छौं । सबैको साथ छ । अझ पनि काहा गएर कसरी फन्ट कलेक्सन गर्न सकिन्छ त्यस्को लागि परेका छौं ।
धेरैलाई मानव सेवा आश्रम के हो ? नेपथ्य के हो ? थाहा नभएको रहेछ तर हामीले उहाँहरुलाई भेटदा मानव सेवा आश्रमले बेसहाराको सेवा गर्छ र उनीहरुको सेवाको लागि यो कार्यक्रम गर्न लागेका हौं । नेपथ्यमा देश भक्तले भरिपुर्ण गित गुन्जिने छ । तपाइले गरेको यो सहयोग मनोरञ्जनको लागि मात्र नभएर भवन निर्माणको लागि हो । यो रकम एक बोरा सिमेन्ट र केही इटटा पनि हो भन्दा मज्जाले आफू लगायत आफ्नो परिवारलाई समेत टिकेट लिनु भएको छ ।
इभेन्टको लागि तपाईंहरुले चर्चित एवं महगो ब्याण्ड रोज्नु भएको छ । नेपालगंजबासीहरु कतिको उत्साहित हुनु हुन्छ ?
-निकै उत्साहित हुनु हुन्छ । पहिला पनि एक पटक यो ब्यान्डले आफ्नो प्रस्तुति पस्केको थियो । यो पटक त स्कुल कलेजका बिद्यार्थीदेखि ७० वर्षसम्मका व्यक्ति प्राय सबैले हामीसंगै हुनेछौ भन्दै सहकार्य गर्नु भएको छ ।
संगै आफुले मानव सेवा आश्रमको भवन निर्माणको लागि सानो सहयोग गरेको आभास पनि गर्नुभएको छ । साथै निकै महंगो ब्याण्ड हो । यस्को पछाडी ७२ जनाको टोलि छ । खाना बस्न ट्रकमा साउन्ड सिस्टम ल्याउन निकै गारो छ, तर गायक अमृत गुरुङले आश्रमको लागि भनेर आफ्नो कस्ट बाहेक आफूबाट पनि सहयोग गर्छु भनेर केही लिनु भएको छैन ।
यो ठूलो अनि भब्य कार्यक्रममा सहभागी भैदिनको लागि अन्तमा के भन्नु हुन्छ ?
-यो सांगीतिक यात्रा मानवता र राष्ट्रका लागि भएकोले सबै जना आफूसंगै सपरिवार पाल्दिनु होला । आफ्नो कारणले कसैको जीवन परिवर्तन हुन्छ । कसैको जिवनमा खुशी मिल्छ । एउटा जनावर त आफ्नो परिवारको लागि बच्चाको लागि बाँचेको हुन्छ भने हामी मानवले किन नगर्ने ।
आउनुस यो पुन्य काममा गरौ धर्मको काम गरौं । हाम्रो कार्यक्रम ४ बजेबाट शुरु हुनेछ । ६ बजेबाट ८ बजेसम्म पुरै संगितमय हुनेछ । टिकट अझै पनि लिनु भएको छैन भने अनलाइनका साथै हाम्रो कार्यालय आदर्शनगर ट्राफिक चोक नजिक आएर लिन सक्नु हुनेछ ।





