भारतीय ७० लाख रुपैया बराबरको चरेससहित नेपालगञ्जकी एक महिला पक्राउ

सन्तोष कुमार शुक्ला
रूपैडिहा । नेपालगन्ज सीमासंगै जोडिएको भारतीय बजार रूपैडिहामा भारतीय ७० लाख रूपैया बराबरको लागू औषध (चरेस)सहित एक नेपाली महिला पक्राउ परेकी छन् ।

थाना रुपईडीहा जनपदका अनुसार आज राती (सोमबार राती) सवा १ बजेको समयमा घसियारन टोल नजिकैबाट भारतीय ७० लाख रूपैया बराबरको १ किलो ४७५ ग्राम चरेससहित नेपालगन्ज वडा न-२ घरवारीटोल बस्ने सुस्मिता शाही पक्राउ परेकी हुन् ।

जनपद बहराईचले संचालन गरेको अपराध एवं अपराधी रोकथाम अभियान अन्तर्गत सोमबार राती गस्तीमा रहेको टोलीले शाहीलाई पक्राउ गरेको हो ।

वरि.उ.नि.रुदल बहादुर सिंह, का. अशोक तिवारी, का.सौरभ कुमार, म.का. अंजनी शुक्ला, म.का.सचि पटेल थाना रुपैडिहाका साथै एसएसबीका एएसआई जिडी अरुण कुमार एच सि गजेन्द्र सिंह, का.राहुल यादव, का. अजय कुमार शाह, म.का.नेहा, म.का. रश्मि सामवाय रुपैडिहा एसएसबी ४२ नम्बर बाहिनी नानपाराको टोलीले पक्राउ गरेको थियो ।

शाहीबिरुद्ध रूपैडिहा थानामा मुद्दा दर्ता गरि मंगलबार अदालत पठाएईको भारतीय प्रहीले जनाएको छ ।

Previous articleहिरासतमा रहेका श्रीमानलाई ब्राउनसुगर पुर्याउने श्रीमती पक्राउ
Next articleपुष ४ गते डुडुवाको गाउँसभा गर्ने सहमति, स्वास्थ्यका कर्मचारीकाे आन्दाेलन स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here