नरैनापुरमा बिपद् पूर्व तयारी बैठक, सितलहर प्रभावितलाई कम्बल बितरण गरिने

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको पालिकास्तरीय बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

एसडिएफको पहल र सेभ द चिल्ड्रेनको प्राबिधिक सहयोगमा विपद् शाखा नरैनापुरको आयोजनामा भएको पालिकास्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि कार्यशाला गोष्ठीमा पालिकाका जनप्रतिनिधीहरु र बिभागिय प्रमुखहरु, नेपाल रेडक्रस सोसाईटीका पदाधिकारी, बिपद्का क्षेत्रमा काम गर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा नरैनापुर गाउँपालिकाको बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कस्को कुन ठाउँमा योगदान रहने भन्ने बारेका कार्यविभाजन समेत गरिएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बिगतका सिकाई र भोगाईमा आधारित भएर बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिने बताउनुभयो ।

बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण आफैमा महत्वपूर्ण कार्य हो गाउँपालिका अध्यक्ष शाहले भन्नुभयो, यसका लागि प्राविधिकहरुलाई सहयोग गर्न म सबै जनप्रतिनिधी र कर्मचारीहरुसंग आग्रह गर्दछु ।

बिपद् पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि योजना नहुँदा बिपद्को समयमा समस्या आउने गरेको बताउँदै पालिका अध्यक्ष शाहले भन्नुभयो, बिपद्मा काम गर्न सजिलो बनाउनका लागि नै बिपद् सम्बन्धि कार्यविधि, पूर्व तयारी तथा प्रतिकार्य योजना बिपद् ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माण गरि सकिएको जानकारी दिनु भएको थियो ।

बैठकले सितलहरबाट बृद्धबृद्धाहरुलाई न्यानो कम्बल बितरण गर्ने, स्वास्थ्य शिविरहरुलाई नियमित गर्ने र बिपद् पोर्टललाई ब्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको बिपद् शाखाका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको बैठकमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, २ नम्बर वडाअध्यक्ष मसुद अहमद शाह, ४ नम्बर वडाअध्यक्ष मनोज शर्मा, ५ नम्बर वडाअध्यक्ष कृष्ण चन्द्र मौर्य, विपद् शाखा प्रमुख मिश्रा, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह,एसडिएफका प्रबन्धक तारा भुषाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Previous articleबाल सुधार गृह जग्गा दाताको शालिक अनावरण
Next articleनरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here