उच्च अदालतका १२ जनासहित ५८ जनामा कोरोना पुष्टि

बाँके । उच्च अदालत नेपालगञ्जका थप १२ जनामा संक्रमण देखिएको छ । बुधबार ७७ जना डिस्चार्ज भएकै दिन एकैपटक धेरै जनामा संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट बुधबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरीको परिक्षणमा उच्च अदालतका १२ जनासहित बाँकेका ५२ जनामा संक्रमण देखिएको छ ।

नेपालगञ्जको धेरैजसो वडाका व्यक्तिहरमा संक्रमण देखिएको छ भने कोहलपुर, खजुरा, राप्तीसोनारी लगायतका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार भएको परीक्षणबाट उच्च अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै बुधबारकै परीक्षणबाट बर्दिया गुलरियाका ६ जनामा समेत संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले बुधवार जारी गरेको सूचना अनुसार ७ सय ३७ जनामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना देखिएको छ ।

Previous articleभारत फर्किने नेपालीहरुको नाकामा ओइरो (फोटो फिचर)
Next articleपाँच नम्बर प्रदेश शसस्त्र प्रहरी गण खजुरामा बृक्षारोपण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here