
बाँके । पाँच नम्बर प्रदेश शसस्त्र प्रहरी गण खजुरामा बृक्षारोपण गरिएको छ । बुधबार प्रहरी उपरीक्षक राम प्रसाद शाहको नेतृत्वमा गणमा बृक्षारोपण गरिएको हो ।
सितल चिनिको बिरुवा लगाएसंगै गणले हरित अभियानमा एक्यवद्धता जनाएको हरित अभियान्ता हेमन्तराज काफ्लेले जानकारी दिनुभयो ।
अभियानमा प्रहरी नायब उपरीक्षक रबि रावल, प्रहरी निरक्षक गिरिराज भन्डारी, सुबन नर्सरीका बुद्दिबल श्रेष्ठ, बागेश्वरी नर्सरी खजुराका हरि दत्त पन्त, गणका प्रहरी लगायतले र्बक्षारोपण गर्नुभएको थियो ।
सो क्रममा स्वामी, सितल चिनी, छतिवन र जामुनका बिरुवाहरु लगाइएको छ । सुबन नर्सरी सुर्खेतरोड नेपालगन्जले बिरुवाहरु उपलब्ध गराएको थियो ।






