
गुलरिया । बर्दियाका बिभिन्न क्षेत्रका २५ वटा बिद्यालयका प्रतिनिधिहरुको सहभागितामा संचालन गरिएको तीन दिने स्टिम एजुकेशन तालिम सम्पन्न भएको छ ।
शैक्षिक क्षेत्रलाई नमूना बनाउने उद्देश्यका साथ बर्दियाको परियोजना संचालन भएका बिभिन्न स्थानीय तहका बिद्यालयहरुका प्रतिनिधिहरुको सहभागितामा गुलरियामा संचालन भएको तीन दिने स्टिम एजुकेशन तालिम बिहीबार सकिएको हो ।
स्थानीय सरकारको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच ९स्याक नेपाल० बाँकेद्धारा संचालित सिकाई परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको मंसिर २७ देखि तालिम संचालन गरिएको थियो । तालिममा २५ वटा बिद्यालयका प्राधानाध्याक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
सिकाई परियोजना संचालन भएका बिद्यालयका शिक्षकहरुको सहभागितामा तालिम संचालन भएको परियोजना संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनभुयो । उहाँका अनुसार बर्दियाका परियोजना संचालन भएका बिद्यालयहरुमा शैक्षिक गुणस्तरका लागि निरन्तर कार्यक्रमहरु संचालन गरिएको छ ।
२०२३ मा परियोजनाले बिभिन्न बिद्यालयमा सो परियोजना संचालन गरेको छ । इन्टिग्रेटरुपमा रहेको पाठ्यक्रमलाई स्टिमसंग जोडी यसको कार्यान्वयनका लागि पहल पनि गरिएको छ ।
कार्यक्रममा बिद्यालयका प्राधानाध्यापक तथा अध्यक्षहरुले इन्टिग्रेटेट रुपमा आवश्यक कुराहरुलाई कार्यान्वय गर्ने प्रतिबद्धता जनाएका छन् । तालिमलाई काठमाण्डौ बिश्वबिद्यालयका प्रोफेसर निरोज दहालले सहजिकरण गर्नुभएको थियो ।





