११ वर्षपछि नेपालगञ्जमा ‘नेपथ्य’को प्रस्तुति, झुमे दर्शक (फोटोफिचर)

नेपालगञ्ज । ११ वर्षपछि नेपालगञ्जमा भएको नेपथ्यको कन्सर्टमा दर्शक झुमेका छन् । बिहीबार महेन्द्र रंगशालामा भएको नेपथ्यको कार्यक्रममा उपस्थित नेपालगञ्जका दर्शक गायक अमृत गुरुङको हरेक गीतमा नाचेर साथ दिएका छन् ।

मानवसेवा आश्रम सहयोगार्थ आयोजना गरिएको साँस्कृतिक कार्यक्रमले एक दशकपछि नै नेपथ्यको आफ्नो प्रस्तुतिसंगै नेपालगञ्जबासीलाई झुम्न बाध्य बनायो । गीतको बीचबीचमा गुरुङले राष्ट्रिय भावनाले ओतप्रेत तथा मानवसेवा आश्रमको उद्देश्य बारे सन्देश बाँड्नुभयो ।

उहाँले गीत संगीतलाई माया गर्न र सुन्दर नेपाल घुम्न दर्शकहरूलाई मञ्चबाटै अनुरोध पनि गर्नुभएको थियो । मानवसेवा आश्रमका अनुसार साँस्कृतिक कार्यक्रममा करिब पाँच हजार बढिको उपस्थिति रहेको थियो ।

Previous articleतीन दिने स्टिम एजुकेशन तालिम गुलरियामा सम्पन्न
Next articleनेपालमा ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here