तीन चरणकाे परीक्षणबाट बाँकेमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि

बाँके । बाँकेमा एकैदिन ७२ जनामा काेराेना पुष्टि भएकाे छ ।

बुधबार साँझ भेरी अस्पताल नेपालगन्जबाट थप १९ र बागेश्वरी डाईग्नाेष्टिक ल्याबबाट २ गरि २१ जनामा काेराेना पुष्टि भएसंगै बाँकेमा एकैदिन काेराेना संक्रमण देखिनेहरूकाे संख्या ७२ पुगेकाे हाे ।

भेरी अस्पतालले साँझ पुष्टि गरेकाहरूमा काेहलपुरका १०, नेपालगन्जका ८ र १ जना बर्दिया मधुवन नगरपालिकाका रहेेका छन् भने बागेश्वरीबाट पुष्टि भएकाहरू नेपालगन्जका हुन ।

बुधबार दिउँसो भेरी अस्पतालले उच्च अदालत तुलसीपुर नेपालगन्जका १२ जनासहित ५८ जनामा संक्रमण पुष्टि गरेकाे थियाे ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

हालसम्म ९ सय १५ जना निको भएका छन् । ८ जनाको भने मृत्युु भइसकेको छ ।

Previous articleपाँच नम्बर प्रदेश शसस्त्र प्रहरी गण खजुरामा बृक्षारोपण
Next articleकाेराेना व्यवस्थापनका लागि पत्रकार केसीले दिए ३५० थान भिटिएम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here