कोभिड-१९ कार्यक्रमको समिक्षा र अन्तरक्रिया

नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजनाको त्रैमासिक समिक्षा बैठक र अन्तरक्रिया सम्पन्न भएको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको समन्वयमा नेरेसो बाँके शाखा मार्फत नरैनापुर र जानकी गाउँपालिकामा उक्त कार्यक्रम संचालन भई रहेको छ ।

उक्त परियोजनाद्वारा सम्पन्न भएका गतिविधिहरुको उपलब्धीको बारेमा अन्तरक्रिया तथा प्रस्तुतीकरण भएको थियो । परियोजनाले लिएको लक्ष्य प्राप्तीका लागि रेडक्रसका स्वयंसेवकहरुले खेलेको भूमिका उल्लेखनीय रहेको सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन् ।

छलफलका क्रममा कोभिड-१९ खोप लगाउनका लागि समुदायसम्म भएको पहल र त्यसबाट खोप लगाउने व्यक्तिको संख्यामा उल्लेख मात्रामा बृद्धि भएको कुरा स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ र जानकी गा.पा.स्वास्थ्य प्रमुख दलबहादुर रानाले रेडक्रसको पंशसा गर्नु भयो ।

उहाँहरुले कार्यक्रमको निरन्तरताको लागि जोड दिँदै नेपाल सरकारद्वारा संचालन हुने नियमित खोप अभियानमा सहयोग गर्न अनुरोध गर्नु भयो । जानकी र नरैनापुर गाउँपालिकामा परिचालित रेडक्रस स्वयंसेवकहरुले वडा र समुदाय स्तरमा गरेको कार्यको प्रतिवेदन प्रस्तुत, आइपरेको समस्या र समाधानका लागि गरिएको प्रयास तथा पाठ सिकाईको बारेमा अनुभव साटासाट गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका नरेशबाबु श्रेष्ठ, जानकी स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी, नेरेसो गंगापुर उपशाखाका कोषाध्यक्ष सोहनलाल यादव, जानकी उपशाखाका कोषाध्यक्ष मुनीर अहमद खान लगायत स्वयंसेवक र कर्मचारीहरुकोे सहभागिता रहेको थियो भने समिक्षा बैठकको सहजीकरण कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य परियोजनाका फोकल पर्सन (कार्यक्रम अधिकृत) प्रहलाद विश्वकर्माले गर्नुभएको थियो ।

Previous articleघट्यो इन्धनको मुल्य
Next articleचलचित्र ‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, बागेश्वरीमा केक उत्सव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here