चलचित्र ‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, बागेश्वरीमा केक उत्सव

नेपालगञ्ज । चलचित्र महापुरुषले प्रदर्शनको ५१ औं दिन मनाएको छ । सो अवसरमा शनिबार नेपालगञ्जस्थित बागेश्वरी क्यू एफएक्समा केक काटेर प्रदर्शनको ५१ औं दिन मनाइएको हो ।

चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा सो सेलिब्रेशन मनाइएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल र बागेश्वरी क्यूएफएक्सका प्रबन्धक संजिव शाक्ले संयुक्त रुपमा उत्सवको केक काट्नुभएको थियो ।

सो अवसरमा बोल्दै उपाध्यक्ष चौलागाईले नेपाली चलचित्रको प्रवद्र्धनका लागि चलचित्र पत्रकार संघले बिशेष भूमिका निर्वाह गरिरहेको भन्दै निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यस्तै प्रबन्धक शाक्ले चलचित्रको प्रचार प्रसार तथा प्रवद्र्धनमा जिल्लामा रहेको चलचित्र पत्रकार संघको सक्रिय सहभागिता रहेको भन्दै धन्यवाद दिनुभयो । चलचित्रलाई ५१ औं दिनसम्म ल्याई पुरयाउने नेपाली चलचित्रलाई माया गर्ने दर्शक, शुभचिन्तक लगायतलाई आभार व्यक्त गर्नुभयो ।

उत्सवमा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, चलचित्र पत्रकार संघ बाँकेका सचिव बिक्रम बुढाक्षेत्री लगायतको उपस्थिति रहेको थियो । प्रदर्शनको तीन हप्ता आक्रामक व्यापार गरेको फिल्मले करिब ११ करोड कलेक्सन गरेको जानकारीमा छ । योसँगै ‘महापुरुष’ वर्षको ब्लकबस्टर फिल्म बनेको छ ।

फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्नुभएको हो । ५१ औं दिन मनाउने उनको यो चौंथो फिल्म हो । यसअघि भट्टराई निर्देशित ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले पनि प्रदर्शनको ५१ औं दिन मनाएको थियो ।

बलियो ‘वर्ड अफ माउथ’का कारण ‘महापुरुष’ले बक्स अफिसमा लामो यात्रा गर्न सफल भएको हो । एकल पिताले आफ्नो सन्तानका लागि गर्ने त्याग र समर्पणमा फिल्म आधारित छ ।

रविन्द्र सिंह बानियाँ र म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय छ । फिल्मले अमेरिका, अष्ट्रेलिया लगायतका विदेशी भूमिमा पनि आक्रामक कमाई गरेको छ ।

Previous articleकोभिड-१९ कार्यक्रमको समिक्षा र अन्तरक्रिया
Next articleसकारात्मक सोच र तनाव व्यवस्थापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here