काेराेना व्यवस्थापनका लागि पत्रकार केसीले दिए ३५० थान भिटिएम

बाँके । कोरोनाको रोकथाम र नियन्त्रणमा सहज हाेस भनेर बाँकेका पत्रकार जय सिंह केसीले स्वाब संकलन गर्ने सामाग्री (भिटिएम) सहयाेग गर्नुभएकाे छ ।

काेराेनाकाे प्रकाेप नियन्त्रणमा सबैकाे हातेमालाे आवश्यक रहेकाे भन्दै केसीले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी एंव काेभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयाेजक राम बहादुर कुरूम्वाङलाई स्वाब संकलन गर्ने सामाग्री (भिटिएम) कीट ३५० थान सहयोग हस्तान्तरण गर्नुभएकाे हाे ।

काेभिड-१९ काे शुरूवातदेखि बाँकेमा सहयाेगी हात बढाउदै आउनु भएका केसीकाे कार्यका लागि प्रजिअ कुरूम्वाङले धन्यवाद समेत दिनुभयो ।

पत्रकार केसीले लकडाउन (बन्दाबन्दी) काे समय समस्यामा परेका धेरैलाई सहयाेग गर्नुभएकाे छ ।

Previous articleतीन चरणकाे परीक्षणबाट बाँकेमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि
Next articleभारतमा प्रत्येक दिन लाखमा भेटिन थाल्यो कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here