
नयाँ दिल्ली । बुधबार भारतमा कोरोना भाइरस संक्रमित संख्याले नयाँ बिन्दु कायम भएको छ । एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।
टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ । यो संख्या महामारी सुरू भएयता एकैदिन भेटिएको उच्च संख्या हो ।
भारतमा कुल संक्रमित संख्या ४४ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा ११ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण हुने मृत्यु ७५ हजार ६२ पुगेको छ ।
संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाउने मुलुकमा भारत विश्वमा तेश्रो नम्बरमा पर्छ। पहिलो नम्बरमा अमेरिका छ भने दोश्रोमा ब्राजिल छ । यस्तै विश्वमा कोरोनाका कारण हालसम्म ९ लाख बढी मानिसको मृत्यु भइसकेको छ । एजेन्सी





