बैजनाथमा प्रथम उपप्रमुख कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिता शुरु

बैजनाथ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ बैजनाथ गाउँपालिकास्तरीय प्रथम उपप्रमुख कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिता २०७९ शुरु भएको छ । बैजनाथ ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगितालाई बुधबार गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले उद्घाटन गर्नुभयो ।

उद्घाटनमा बोल्दै अध्यक्ष शाहीले थारु किसान आन्दोलनका सहिद बैजनाथ थारुको भुमिमा किसानको सपना मात्र साकार पार्ने उदेश्य नभएर अब खेल जगतमा पनि देशको जनसंख्या धेरै भएको बैजनाथलाई खेलमा समेत उत्कृष्ट हुने बताउनुभयो । उहाँले खेलाडीहरुलाई तालिमसहित व्यवस्थापन गरेर देशकै उत्कृष्ट खेलाडी उत्पादन गाउँपालिकाले गर्ने र यस्ता खाले कार्यक्रम निरन्तर २०८४ सम्म सन्चालन गर्ने अध्यक्ष शाही उल्लेख गर्नुभयो ।प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बैजनाथ गाउँपालिकाले शुरु गरेको खेलकुद प्रतियोगिताले बिद्यार्थीहरुको चौतर्फी बिकासका लागि सहयोग पुग्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो । पहिलो दिन (बुधबार) भएको प्रतियोगिता अन्तर्गत भएको सटपुटमा छात्रतर्फ प्रभात माध्यमिक जि गाउँका गगन सिजाली मगर प्रथम, मेरी माउन्ट एकेडेमीका सुजन प्रसाद मगर द्वितीय र हिमालय बिद्या निकेतन जि गाउँका नवीन ओली तृतीय हुनुभएको छ भने जनता आदर्श माबि बैजनाथ २ का सुदिप थारु सान्त्वना हुन सफल हुनुभएको छ ।

छात्रातर्फ दिपज्योती बिद्या निकेतन बैजनाथ २ की एलिसा बस्नेत प्रथम, भेरी फ्युचर इमि स्कुलकी प्रसम्सा बोगटी द्वितीय र जनता आदर्श माबि बैजनाथ २ की भुमिका सलामी मगर तृतीय हुनुभयो भने सुर्योदय माबि चिसापानीकी अस्मिता महतरा सान्त्वना हुन सफल हुनुभयो । छात्र १०० मिटर दौड माबितर्फ नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय ओरीलालपुरका मनोज बि क प्रथम, जनता आदर्श माध्यमिक बिद्यालय बैजनाथ २ का नवीन बि क द्वितीय, कृयटिभ स्कुल एकेडेमी बैजनाथ १ चिसापानीका प्रसान्त सुनार तृतीय हुनुभयो ।यस्तै छात्रातर्फ दिप ज्योती बिद्या निकेतनकी एलिसा बस्नेत प्रथम, नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लालपुरकी बबिता बिक द्वितीय र प्रभात नमूना माध्यमिक बिद्यालय जि गाउँकी रेनु बुढा मगर तृतीय हुन सफल हुनुभएको छ । मार्चपासमा हिमालय बिद्या निकेतन प्रथम, भृकुटी ईमि स्कुल बैजनाथ २ डिगिया द्वितीय र दिपज्योती बिद्या निकेतन बैजनाथ २ डिगिया तृतीय स्थान हासिल गर्न सफल भएको सचिवालय सदस्य लक्ष्मण सिंहले जानकारी दिनुभयो ।

उद्घाटनमा प्रजिअ खत्री, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, वडा अध्यक्ष रुप बहादुर मल्ल, राजु रुचाल, निखिल बैगार, प्रेम बहादुर शाही, देब बहादुर रावत, भुपाल पुन मगर, दिनेश कुमार थारु, भग्गन थारु, कार्यपालिका सदस्य भुमिसरा राना, मन्जु ओली, कृष्णा कुमारी सुनार, फरिदुद्विन हलवाई, कमानसिंह सुनार, राष्ट्रिय अनुसन्धान बाँके प्रमुख नगेन्द्र गिरी, बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटा, जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक प्रकाश सिंह कार्की, नेपाली कांग्रेस जिल्ला सहसचिव बिनोद कुमार थारु, नेपाली कांग्रेस बैजनाथ सभापति देब बहादुर केसी, नेकपा एमाले बैजनाथ गाउँ कमिटी सचिव प्रेम प्रसाद सुवेदी, नेकपा माओवादी केन्द्र बैजनाथका अध्यक्ष जय बहादुर बिक, नेकपा एकीकृत समाजवादी बैजनाथ गाउँ कमिटी अध्यक्ष खड्ग बहादुर रजालीमगर, राप्रपा बैजनाथ पार्टी अध्यक्ष मुक्ति प्रसाद थारु, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति धन बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख विश्वराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

Previous articleचलचित्र संघद्धारा आन्दोलन घोषणा
Next articleपठन सीप बिकासका लागि जानकीमा शैक्षिक मेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here