नगर प्रमुखको घोषणा: मेयर कपको बजेट दोब्बरले वृद्धि, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार !

काेहलपुर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय रास्ट्रपति रनिङ्गशिल्ड छनौट खेलकुद प्रतियोगिता आजदेखि कोहलपुरमा सुरु भएको छ ।

कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माबी कौशिलानगरको संचालन र व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । नगर प्रमुख पुर्ण प्रसाद आचार्यको सभापतित्वमा भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले उद्घाटन गर्नु भएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाको मन्तव्यबाट सुरु भएको प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले सर्वोत्कृष्ट खेलाडीलाई ब्यक्तिगत रुपमा ५१ हजार दिने घोषणा गर्नु भएको छ ।

खेलकुदप्रति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न ब्यक्तिगतरुपमै भएपनि उहाँले ५१ हजार दिने घोषणा गर्नु भएको हो । मेयर कपलाई अझ भव्यता दिन आगामी बजेटलाई दोब्बर पारिने पनि उहाँले घोषणा गर्नु भयो ।

मेयरकप प्रतियोगितालाई भव्यता दिन र खेलाडीहरुको प्रोत्साहनका लागि आगामी वर्षदेखि बजेटलाई दोब्बर वृद्धि गरिने छ उहाँले भन्नुभयो- यो पटकको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई म ब्यक्तिगत रुपमा ५१ हजार दिने घोषणा गर्दछु ।´

उहाँले खेलकुदका माध्यमबाट कोहलपुरलाई राष्ट्रसम्म चिनाउने गरि खेलाडीहरु उत्पादन गर्नतर्फ स्थानीय सरकारले पहल गर्ने बताउनु भयो । यस्तै जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्ने बताउनुभयो ।

उहाँले खेलकुदका माध्यमबाट बालबालिकाहरुमा हुने अतिरिक्त प्रतिभाको उजागर हुने बिश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा कोहलपुरका सामुदायिक र संस्थागत ३७ बिधालायका १ हजार १ सयबढी सहभागी छ्न ।

प्रतियोगिता उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगित सुवेदी, प्रशासकीय अधिकृत टीकाराम ढकाल, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न बिधालयबाट मार्च पास तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

Previous articleकर्मचारीलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न आधिकारिक ट्रेड युनियन बाँकेकाे माग
Next articleस्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि नेपालगन्जमा चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here