स्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि नेपालगन्जमा चर्चा

नेपालगन्ज । नेपाली काँग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि आज नेपालगन्जमा चर्चा गरिएको छ ।

स्वर्गीय भट्टराईको ९८औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली राजनीतिमा पुर्याएको योगदान र उनको अनुकरणीय ब्यक्तित्वमाथि चर्चा गरेका थिए ।

स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताको पहिचान बनाएका भट्टराईले देखाएको वैचारिक स्पष्ट अडान, सैद्धान्तिक निष्ठा, नैतिकता र त्यागको मार्गदर्शनलाई अंगाल्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बक्ताहरुको भनाई छ ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पूर्व जिल्ला सभापति एवम् राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादी नेपाली, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायतले बोल्नुभएकाे थियाे ।

पार्टी सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले ब्यक्त गर्नुभयाे । भट्टराईको जन्मजयन्तीका अवसरमा जिल्ला कार्यसमितिले जिल्लाका ८१ वटै वडालाई, टोल समितिलाई समेत सक्रिय बनाई आज विहान सरसफाई कार्यक्रम गर्न निर्देशन समेत दिएको थियो ।

‘सन्त नेता’ को पहिचान बनाएका स्वर्गीय भट्टराई प्रजातन्त्रप्रतिको निष्ठाबाट टसको मस नभई अनुपम उदाहरण बन्न पुगेका थोरै नेताहरु मध्येका एक हुनुहुन्छ । उहाँ दुई पटक प्रधानमन्त्री बनेपनि बेदाग रहनुभयाे । २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाण्डौंबाट चुनाव हारेपछि उहाँले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले अझै सम्झन्छन् ।

Previous articleनगर प्रमुखको घोषणा: मेयर कपको बजेट दोब्बरले वृद्धि, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार !
Next articleखेल्दै सिक्ने केन्द्रको समिक्षा, निरन्तरता दिनुपर्नेमा जाेड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here