कर्मचारीलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न आधिकारिक ट्रेड युनियन बाँकेकाे माग

नेपालगन्ज । कानून अनुसार काम गरेका कर्मचारीलाई कार्यालयमै आएर धम्की दिनेलाई तत्काल कानूनकाे दायरा ल्याउन निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियन बाँकेले माग गरेकाे छ ।

ट्रेड युनियन बाँकेका अध्यक्ष चिरञ्जीवी पाण्डे र सचिव देवीलाल चाैलागाईले एक बिज्ञप्ती जारी गर्दै कानूनकाे उल्लंघन गर्नेलाई कारवाही गर्न माग गरिएको हाे । कारबाहीको माग गर्दै कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका छन् ।

ट्रेड युनियनकाे बिज्ञप्ती
मिति २०७९/०३/२८ गते कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको कानोडिया अटोमोबाइल्सले निर्धारित नापतौल भन्दा पेट्रोलियम पदार्थ घटी दिएको उपभोक्ताको गुनासो र उजुरीका आधारमा उक्त पेट्रोल पम्पको अनुगमन गर्न पुगेको गुणस्तर तथा नापतौल कार्यालय, नेपालगन्ज सहितको सरकारी टोलीबाट जाँचबुझ हुँदा पेट्रोलियम पदार्थ निर्धारित नापतौल भन्दा घटीमा बिक्रीवितरण गरेको देखिएको र सो सम्बन्धमा गुणस्तर तथा नापतौल कार्यालय, नेपालगन्जबाट कानुन बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउन खोज्दा विगत लामो समयदेखि सम्बन्धित व्यवसायीले असहयोग एवं अभद्र व्यवहार गर्दै आएकोमा हाल आएर उक्त कार्यालयमा कार्यरत कार्यालय प्रमुख, निरीक्षक, सहायक निरीक्षक सहितका कर्मचारीहरुलाई कार्यालयमै आएर दुर्व्यवहार गर्ने र ज्यान मार्ने समेत धम्कि दिने गरेको घटनाप्रति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ आधिकारिक ट्रेड युनियन, उक्त घटनाको घोर निन्दा र भर्त्सना समेत गर्दछ ।’ बिज्ञप्तीमा उल्लेख छ ।

कार्यालयको कामकाजमा बाधा उत्पन्न गरेको, कर्मचारीहरु माथि दुर्व्यवहार गरेको र ज्यान मार्ने समेत धम्कि दिएको विषयमा सो कार्यालयमा कार्यरत कर्मचारीहरुले मिति २०७२/०८/२५ गते आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय, बाँकेमा निवेदन दिएको दुइ साता पुग्न लाग्दा समेत दोषीलाई कारवाहीको दायरामा ल्याउन नसकुले थप संशय पैदा गरेको छ कानुनलाई हातमा लिने दुस्साहस गर्ने व्यक्तिलाई अविलम्ब कानुनको कठघरामा उभ्याउन निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँके सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ “राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षा र संरक्षणको दायित्व सरकारको हो” भन्ने सामान्य कुराको पनि सरकारलाई स्मरण गराउनु पर्ने समय आउनु अत्यन्त दुर्भाग्यपूर्ण अवस्था हो यो विडम्बनापूर्ण अवस्था र सरकारको यो लाचारीपनको चाडै अन्त्य होस् भन्ने हामि चाहन्छौं अन्यथा राष्ट्र सेवक कर्मचारीहरुको पेशागत हकहित र सुरक्षाको लागि निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कडा रुपमा अघि बढ्न बाध्य हुने र त्यसबाट पर्न सक्ने असर, प्रभाव र क्षतिको जिम्मेवार स्वयम् सरकार हुने व्यहोरा समेत यहि विज्ञप्ति मार्फत स्पष्टः पार्न चाहन्छौं ।

Previous articleपुस्तकालय गएर पढ्ने उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार
Next articleनगर प्रमुखको घोषणा: मेयर कपको बजेट दोब्बरले वृद्धि, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here