
नेपालगंज । अनौपचारिक तथा बैकल्पिक शिक्षा अन्तर्गत संचालित खेल्दै सिक्ने केन्द्रको १९ महिने समिक्षा कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ ।
जय पृथ्वी नमुना सामुदायिक सिकाई केन्द्र र समुन्नत नेपाल काठमाडौंको संयुक्त आयोजना, नेपालगंज उपमहानगरपालिकाको समन्वय र युनिसेफ नेपालको आर्थिक सहयोगमा समिक्षा बैठक सम्पन्न भएको छ ।
शिक्षाको मुलधारबाट बाहिर तथा सडक र श्रमिक बालबालिकाहरुलाई लक्षित गर्दै नेपालगंज उपमहानगरपालिका वडा न.८,१४,१९ र २० मा संचालित खेल्दै सिक्ने केन्द्रलाई अब आउने सन् २०२३ बाट कुन दिशामा लैजाने कार्यक्रमका सहभागीहरुले छलफल गरेका हुन् ।
समिक्षा कार्यशालामा बोल्दै नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले खेल्दै सिक्ने केन्द्रले गर्दै आएको कामको प्रशंसा गर्दै सबिधानले व्यवस्था गरेको हरेक बालबालिकालाई शिक्षा व्यवस्थालाई सुनिश्चित गर्न आवस्यक रहेको बताउदै खेल्दै सिक्ने केन्द्रलाई निरन्तर गर्न शिक्षा समिति र कार्यपालिका बैठकमा छलफल गरि यसलाई निरन्तर गर्नमा जोड दिनुभयो ।
नेपालगंज उपमहानगरपालिका वडा न. २० का वडाअध्यक्ष कौशल धोबीले भन्नुभयो: ‘खेल्दै सिक्ने केन्द्र हाम्रो वडाको लागि आवश्यकता हो, हामीले यसलाई निरन्तर गर्नेपर्छ ।’ खेल्दै सिक्ने केन्द्रबाट निस्केकालाई व्यवसायीक सिप सिकाउन एक अपरिहार्य रहेको जोड दिंदै यसका लागि वडाबाट नै बजेट बिनियोजन गरि निरन्तर गर्न प्रतिबद्दता व्यक्त गर्नुभयो ।
नेपालगंज १४ का वडाअध्यक्ष मजहर अली शाईले खेल्दै सिक्ने केन्द्रलाई आवश्यकता रहेको औल्याउँदै यसको निरन्तरतालाई थप सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
नेपालगंज १९ का वडाअध्यक्ष परशराम कुर्मीले कार्यक्रम बोल्दै भन्नु भयो: ‘खेल्दै सिक्ने केन्द्र पहिला भन्दा अहिले एकदम राम्रो हुँदै गएको छ । यसका लागि वडाले समेत सहयोग गरेको छ र आगामी दिनमा समेत हामीले खेल्दै सिक्ने केन्द्रलाई निरन्तर गर्ने छौं ।’
कार्यशालामा समुन्न्नत् नेपालका पवन अधिकारीले प्रगति समिक्षा प्रस्तुत गर्दै स्थानीय सरकारले बिधालयमा रहेका र बाहिर रहेका बालबालिकाको वडा टोल अनुसारको तथ्यांक संकलन र त्यसको नियमित आवधिक र प्रमाणीकरण गर्न आवस्यक र स्थानीय सरकारले बिद्दमान ऐन कानुनमा भएको व्यवस्था अनुसार औपाचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट कम्तिमा आधारभूत तह समाको अनिवार्य र निशुल्क शिक्षाको अधिकार सुनिश्चित गर्न पालिकाको नीति योजना र कार्यक्रम सहित अगाडी बढ्न आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका शिक्षा तथा युवा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा,नेपालगंज ४ का अध्यक्ष गोपाल पुन, वडा न.२ का अध्यक्ष मनोज श्रेष्ठ, वडा न.१३ का अध्यक्ष सुरेश सिंह ठाकुर, वडा म.१५ का अध्यक्ष मदन बिक्रम शाह, १६ का अध्यक्ष कालिम जोलाह, वडा न.९ का अध्यक्ष गोबिन्द रेग्मी, २१ का वडाअध्यक्ष राजकुमार साहूलगायतको उपस्थिति रहेको समुन्नत नेपालका सुलभ गिरिले जानकारी दिनुभयो ।





