नरैनापुरका बिकट बस्तीहरुमा बिद्युत पुर्याउन कस्सिए जनप्रतिनिधि

नरैनापुर । लुुम्बिनी प्रदेससभाका नव निर्वाचित सांसद कृष्ण केसी ‘नमूना’ ले नरैनापुरको बिकट बस्तीहरुमा बिद्युतीकरणका लागि चासो देखाउनु भएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको पहलमा प्रदेश सभा सदस्य नमूनाले आफ्नो चुनावी क्षेत्रका केहि बिकट बस्तीहरुमा देखिएको विद्युतको अभावको अनुगमन गर्नु भएको छ ।

अध्यारो बस्तीहरुमा विद्युत बिस्तारका लागि योजना बनाएर बघि बढ्ने सांसद नमूनाले बताउनु भयो । बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख सुरज गौतम सहित प्राविधिक टोली विद्युत नपुगेको बस्तीहरुको अनुगमन गरी फर्किएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको बनियाँ गाँउमा हाल सम्म बिजुली नपुगेकोले तत्काल विद्युत पुर्याउन प्राधिकरणका प्रमुख गौतम संग आग्रह गर्दै नरैनापुर थप विद्युत विस्तारका लागि १५ सय पोल र उक्त पोलमा लाग्ने तारको व्यवस्था गरी नरैनापुरलाई उज्यालो बनाउनमा साथ दिन अनुरोध गर्नु भएको थियो ।

प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा आफूले नै विजुली ल्याएको दाबी गर्दै नरैनापुरको जुन गाँउमा विजुली पुगेको छैन त्यो गाँउमा ६ महिना भित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताउनु भयो ।

उहाँले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजी गरी आर्थिक उपार्जनको बाटोमा डोर्याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडि स्थानीय उत्पादनको सहज बजारीकरणका लागि आफूले पहल गर्ने बताउनु भएको थियो ।

यस्तै विद्युत प्राधिकरणका प्रमुख गौतले नरैनापुर ६० प्रतिशत विद्युत विस्तार भई सकेकोले बाँकी रहेको काम सक्दो छिटो सम्पन्न गर्ने बताउनु भएको थियो । नरैनापुर ५ मटेहियाका रामचन्द्र मौर्यले भन्नुभयो, घरमा बत्ति बलिसेको छ अब खेतमा सिचाईका लागि लाईन पुर्याउन आग्रह गर्नु भएको थियो ।

शुक्रबार नरैनापुर गाँउपालिकाका अध्यक्ष शाह संगै प्रदेश सभा सदस्य नमूना, विद्युतका प्रमुख गौतमले वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का अध्यक्ष प्रेम मौर्य र स्थानीय नागरिकहरु संग भेट गरी विद्युतको समस्याका विषयमा छलफल गर्नु भएको थियो ।

Previous articleखेल्दै सिक्ने केन्द्रको समिक्षा, निरन्तरता दिनुपर्नेमा जाेड
Next articleसिरियल किलर चार्ल्स शोभराज कस्ता मान्छे हुन्, हेर्नुस् युट्युबमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here