सिरियल किलर चार्ल्स शोभराज कस्ता मान्छे हुन्, हेर्नुस् युट्युबमा

नेपालगञ्ज । चोरी, लुटपाट र हत्यामा संलग्न भएर सिरियल किलरको पहिचान पाएका चार्ल्स शोभराज जेलमुक्त भएका छन् । जन्मकैद (२० वर्ष) सजाय पाएका उनलाई कैदीले रोग र उमेरका कारण पाउने सुविधा अन्तर्गत एक वर्ष सजाय कम गरी सर्वोच्च अदालतले मुक्त गरेको हो ।

उनलाई अब फ्रान्स नै पठाइएको छ । उनलाई दस वर्षसम्म नेपाल फर्किन नपाउने गरी निष्कासन गरिएको हो । २०३२ पुसमा भक्तपुरको साँगा र काठमाडौंको मनोहरामा क्यानडियन र अमेरिकी नागरिकको हत्यामा दोषी ठहरिएपछि उनलाई सर्वोच्चले जन्मकैद सजाय तोकेको थियो । तर शोभराज यो हत्या घटनाको २८ वर्षपछि मात्र पक्राउ परेका हुन् ।

बिकिनी किलर, सर्पेन्ट, द स्प्लिटिङ किलर जस्ता उपनाम पाएका चार्ल्स खुंखार अपराधी मानिन्छन् । हाल ७८ वर्षीय उनी भारतीय बाबु र भियतनामी आमाका सन्तान हुन् । उनका आमाबुवाको बिहे भएको थिएन । पछि उनकी आमाले फ्रेन्च नागरिकसँग बिहे गरिन् र शोभराजले उनकै अभिभावकत्व पाए ।

चार्ल्स किशोर उमेरदेखि नै ससाना अपराधमा संलग्न थिए । १९ वर्षको हुँदै लुटपाट आरोपमा उनलाई पहिलोपटक सजाय भएको थियो । जेलबाट छुटेपछि उनी आपराधिक गतिविधिमै संलग्न भए । चोरी, लुटपाट र ठगीमा सक्रिय उनी केही समयपछि फ्रान्सबाट भागेर एसियातिर आए । एसियाली देशहरूमा उनले थुप्रै ठगी र लुटपाट गरे ।

पटकपटक पक्राउ परे पनि उनले आफ्नो अपराधको बाटो छाडेनन् । उनी पर्यटकहरूको पासपोर्ट चोरेर त्यही पहिचानमा विभिन्न ठाउँ पुग्थे र अपराध गर्थे । द गार्डियनका अनुसार उनले सन् १९७० दशकदेखि हत्या गर्न थालेका हुन् । नेपाली, भारतीय र थाई नागरिक गरी २० जनाको हत्या गरेको देखिए पनि यो संख्या अझै धेरै हुने अनुमान छ ।

उनले पर्यटकहरूलाई लागुऔषध खुवाएर बेहोसीमा लुटपाट गरी हत्या गर्थे भनिन्छ । अपराधको सिलसिलामा उनी भारतमा पनि पक्राउ परेका थिए । २० वर्ष कैद सजाय भए पनि जेलमा उनी सुविधासहित बसेका थिए । जेलरदेखि प्रहरी प्रशासनसम्मलाई घुस खुवाएर उनी आफ्नो काम सहजै गराउँथे । बीचमा उनी जेलबाट भागे पनि । तर फेरि पक्राउ परे ।उनले जीवनमा गरेका अपराधिक गतिबिधिका बारे चलचित्र समेत भएको छ । उक्त चलचित्र हेनृ यूट्यूव लिंकमा जानुहोस । साभार सेतोपाटी

Previous articleनरैनापुरका बिकट बस्तीहरुमा बिद्युत पुर्याउन कस्सिए जनप्रतिनिधि
Next articleनमूना क्षेत्र बनाउने प्रतिनिधिसभा सदस्य ढकालको दाबी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here