नमूना क्षेत्र बनाउने प्रतिनिधिसभा सदस्य ढकालको दाबी

कोहलपुर । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुर्य ढकालले संघीय सांसदको सपथ खाए पश्चात आफनो गृह जिल्ला बाँकेमा पत्रकार भेटघाट गर्नुभएको छ । कोहलपुरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सांसद ढकालले स्थानीय तथा देशकै समग्र बस्तुस्थितीका बारे पत्रकार माझ आफना धारणा राख्नुभएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा ढकालले कोहलपुर सफल हुनलाई यहास्थित निजि क्षेत्रहरु सफल हुनुपर्ने बताउँदै समग्र कोहलपुरको विकासका लागि पत्रकारहरुले सकारात्मक भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

नरैनापुरमा युवा सम्मेलन गरेर उनीहरुको राय, सल्लाह बमोजिम कार्यक्रम तय गरि व्यवसायमुलक कार्यक्रम तय गरिने भन्दै ढकालले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकसित गर्न यहाँ रहेका शिक्षा क्षेत्रमा क्रियाशिल शैक्षिक ब्यक्तित्व, संघ संस्था र सरोकार वालाहरुको उपस्थितीमा अन्तरक्रिया गरि राय लिने तथा दायित्व बोध गराउँदै नीतीगत तथा सैद्धमन्तिक रुपमा खाका तयार गरि कार्यान्वयनको चरणमा समेत लैजाने योजना रहेको बताउनुभयो ।

कोहलपुर ११ मा खुल्ला पार्किङ, सपिङ कम्पलेक्सका लागि नगर विकास समिति र कोहलपुर नगरपालिकासंग समन्वय गरि संघबाट हुन सक्ने अनुदानका बिषयमा समेत चासो लिनुभएका ढकालले कोहलपुर घुईयाबारी सडक निर्माण सम्पन्न गरि छाडने जिकिर गर्नुभयो ।

नरैनापुरदेखि नेपालगञ्जको बागेश्वरी मन्दिरलाई धार्मिक गन्तब्यको रुपमा विकास गर्न गुरु योजनासहितको कार्यक्रम ल्याउन पहल गर्ने बताउनुभएका सांसद ढकालले राप्तिसोनारी गाउँपालिकाभित्र राप्ती नदिले कटान गरेको ६ किमि तटबन्धका लागि अबको एक महिनाभित्र बजेट ल्याई सक्ने दाबी गर्नुभयो ।

सांसद ढकालले कोहलपुरमा अतिक्रमित जग्गा सम्बन्धित निकायको मातहतमा ल्याउन नगर विकास समिति र कोहलपुर नगरपालिकासंग समन्वय गरि कार्य सम्पन्न गर्ने समेत बताउनुभयो ।

Previous articleसिरियल किलर चार्ल्स शोभराज कस्ता मान्छे हुन्, हेर्नुस् युट्युबमा
Next articleतीर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here