ज्योती बिकास बैंक अब न्यूरोडमा

नेपालगंज । नेपालगंजमा ज्योती बिकाश बैंङ्कले न्यूरोड शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहक समक्ष पु¥याउने उद्देश्यले बैंङ्कले यस अघि नेपालगंजको सुर्खेतरोडमा रहेको शाखालाई न्युरोडमा सारिएको बैंकका क्षेत्रिय प्रवन्धक विनोद गुरुङले बताउनुभयो ।

बैंकका संस्थापक शेयरधनी श्री मदन बहादुर के.सी. र प्रेम बहादुर भण्डारीले संयुक्त रुपमा रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बिभिन्न उद्योगी व्यवसायी, बैंकका विभिन्न पदाधिकारी तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

आफ्नो १९ औं शाखाको रुपमा स्थापीत उक्त न्युरोड शाखासंगै ज्योती बिकास बैंकको देशभर १ सय २० शाखा रहेको समेत बैंकले जनाएको छ । बैंकले ग्राहकहरुको सुविधाका निमित्त शुन्य मौज्दातमै त्तच् ऋयमभ, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने बैंकका क्षेत्रिय प्रवन्धक विनोद गुरुङले जानकारी दिनु भयो ।

Previous articleडुडुवा खाेला छेउँमा उत्खनन् गर्दै गरेकाे टिपर र जेसिबी प्रहरीकाे नियन्त्रणमा
Next articleछाडा पशुचौपाया ब्यवस्थापन प्रयासः नेपालगञ्ज र राप्तीसोनारी सहकार्यको मोडेल खोज्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here