
नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिकाकाे खाेला छेउँबाट अबैध रूपमा बालुवा खन्दै गरेकाे टिपर र जेसिबीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
डुडुवा खाेला छेउँबाट अबैध रूपमा बलुवा खन्दै गरेकाे दुई वटा साधानलाई प्रहरीले शनिबार राती करिब दश बजे पक्राउ गरेकाे हाे ।
डुडुवा गाउँपालिका वडा न-२ काे बेतहनीदेखि सन्तलिया जाने बाटाेस्थित सेमरा भारी भन्ने स्थानमा अबैध रूपमा बालुवा खनिरहेकाे एक टिपर र एक जेसिबीलाई शनिबार राती नियन्त्रणमा लिईएकाे ईलाका प्रहरी कार्यालय बेतहनीका प्रमुख तथा असई माेहन कुमार भडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट हुने निर्देशन अनुसार पक्राउ परेका साधानलाई जिल्ला समन्वय समितिकाे कार्यालयलाई बुझाउने वा जिल्ला पठाउने कार्य गरिने प्रमुख भडेलले बताउनुभयो ।





