शुक्रबार र शनिबारको निषेधाज्ञा हटाउन बाणिज्य संघको आग्रह

बाँके । उपभोग्य एवं अत्यावश्यक उत्पादन तथा विक्री वितरण कार्य प्रभावित भएको भन्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले आन्तरिक लकडाउनमाथि पुर्न बिचार गर्न अनुरोध गरेको छ ।

वाणिज्य संघको बिहीबार बसेको बैठकले आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्ण रुपमा हटाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको हो ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा बसेको संघको बैठकले उपभोग्य एवं अत्यावश्यक उत्पादनको विक्री वितरण गर्ने कार्य प्रभावित भएकोको भन्दै असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्ण रुपमा हटाउन तथा शुक्रबार र शनिबारको निषेधाज्ञाको विषयमा पुर्नविचार गर्न जिल्ला प्रशासन कार्यालय, बाँकेलाई पुर्नबिचार गर्न आग्रह गरेको छ ।

Previous articleभेरी बन्यो ७२ बेडको कोरोना बिशेष अस्पताल
Next articleसामाजिक काममा सक्रिय सोहनलालको अर्को प्रंसशनीय कार्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here