नेपालगञ्ज फुल्टेक्राका पवनराज भट्टको घरमा चोरी

नेपालञ्ज । घरमा कोही नभएको मौका छोपेर नेपालगञ्ज वडा न ६ को एक घरमा चोरी भएको छ । नेपालगञ्ज वडा नं ६ को पुरैना रोडस्थित पवनराज भट्टको घरमा मंगलबार राती चोरी भएको हो ।

घरबाट गरगहना तथा नगद चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । वडा नं ६ का वडा अध्यक्ष समिरप्रताप सिंहका अनुसार घरको ढोका फोडेर चोरी भएको देखिएको छ ।

घरबाट के कति मात्रामा चोरी भएको यकिन घरबेटी नेपालगञ्ज आएपछि थाहा हुने वडा अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

प्रहरीले घट‌नास्थलको अवलोकन गरेर अनुसन्धान शुरु समेत गरेको वडा अध्यक्ष सिंहले बताउनुभयो । घरमुली भट्ट केही दिनदेखि काठमाण्डौ रहेको खुलेको छ ।

Previous articleपिछडिएकाे वडा नेपालगन्ज-२३ मा ईन्टरनेट जडान
Next articleचिसो तथा सित लहरसहितका बिषयमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here