चिसो तथा सित लहरसहितका बिषयमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयहरू

नेपालगञ्ज । जिल्ला बिपद व्यवस्थापन समिति बाँकेको बुधबार बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । गरिएका निर्णयहरु यस्ता छन् ।

१. जिल्ला विपद व्यवस्थापन समितिको मिति २०७९।६।१२ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍गतेको बैठकको पूर्व निर्णय कार्यान्वयन स्थितिको बारेमा संक्षिप्त समिक्षा एवं गृह मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त निर्देशन तथा पत्रहरूका बारेमा जानकारी भयो ।

२. यस वर्षको चिसोयाम शुरु भैसकेकोले यस जिल्लामा चिसो तथा शितलहरका कारण हुन सक्ने क्षति न्यूनिकरणका लागि तयार गरिएको शितलहर आकस्मिक योजना, २०७९को मस्यौदा उपर छलफल भयो । छलफलको क्रममा प्राप्त सुझाव समेत समावेश गरी परिमार्जित शितलहर आकस्मिक योजना, बाँके २०७८ स्वीकृत गरियो । स्वीकृत उक्त योजनामा उल्लिखित जिम्मेवारी पुरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूले तत्काल आवश्यक तैयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने ।

साथै सवै नगरपालिकारगाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ-आफ्नो शितलहर पूर्वतयारी बैठक बसी आकस्मिक योजना तर्जुमा गरी लागु गर्ने । स्थानीय तहसंगको समन्वयमा तँहा कार्यरत सवै संघसस्था, निजि क्षेत्र, नेपाल रेडक्रस सोसाइटीले एक आपसमा समन्वय गरी चिसो तथा शितलहरवाट हुने क्षति न्युनिकरणका लागि गतिविधि सञ्चालन गर्ने ।

३. चिसो तथा शितलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी सुची तयार पार्ने र राहत वितरणमा प्राथमिकतामा राख्ने ।

४. चिसो तथा शितलहर चलेको वेला चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजनवन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलव्ध गराउने । दाउरा उपलव्ध गराउदा सहुलियत दररेटमा समेत उपलव्ध गराउन अनुरोध गर्ने ।

५. चिसो तथा शितलहरको प्रभाववाट बच्नरबचाउनको लागि जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्रले स्थानीय भाषा समेतमा जनचेतना मुलक सामाग्री तयार गरी जिल्ला स्थित सवै एफएम रेडियो, पत्रपत्रिकामा सन्देशहरु प्रसारण र प्रकाशण गर्ने ।

सो कार्यका लागि नेपाल पत्रकार महासंघले आवश्यक समन्वय गर्ने र स्थानीय संघ र सस्था, रेडक्रस उपशाखा, स्थानीय क्लवहरूले विभिन्न समुदाय, विद्यालयहरुमा चिसो तथा शितलहरवाट वच्ने उपाय सम्वन्धमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने ।

६. जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत शित लहरबाट बच्ने र बचाउने सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्ने ।

७. कुहिरो तथा हुस्सु लागेको समयमा संभावित सवारी दुर्घटनाको जोखिम न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्ने ।

८. स्थानीय तहबाट राहत वितरणमा एकरुपता तथा प्रभावकारी वनाउन निश्चित मापदण्ड तय गरी आवश्यक पर्ने राहत सामाग्री खरिद तथा वितरणको लागि स्ट्याण्डबाय एग्रीमेन्ट वा खरिद गरी राख्न सवै नगरपालिका/गाउँपालिकाहरुले तयारी गर्ने । साथै आवश्यक न्यानो कपडा लगायतका राहत सामाग्री उपलव्ध गराउन सयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस, राष्ट्रिय अन्तराष्ट्रिय संघसस्थाहरु र निजिक्षेत्रहरु लाई समेत अनुरोध गर्ने ।

९. यस बर्षको असोज तेस्रो साता आएको अविरल वर्षाले जिल्लाको सवै स्थानिय तह प्रभावित भएको । जिल्ला विपद् व्यवस्थापन समितिबाट तत्कालै स्थानिय तहको अगुवाइमा रेडक्रस र प्रहरी समेतको टिमले प्रभावित घरधुरीको लागत संकलन गरी समितिलाई उपलव्ध गराउने निर्णय अनुसार जानकी, खजुरा, राप्तीसोनारी गाँउपालिकाबाट मात्र विवरण प्राप्त भएको र अन्य पालिकावाट हालसम्म पनि विवरण प्राप्त नभएको जानकारी गराइयो ।

साथै, जिल्ला प्रशासन कार्यालयमा समेत प्रभावित परिवारवाट राहत सहयोगका लागि निवेदन प्राप्त भैरहेको । बाढी तथा ढुवानवाट पूर्ण रुपमा प्रभावित परिवारलाई मात्र जिल्ला विपद् व्यवस्थापन समितिका तर्फवाट राहत उपलव्ध गराउनका लागि प्राप्त भएका निवेदन तथा प्रभावित परिवारका तर्फवाट आवश्यक कागजातका साथ प्राप्त भएमा १ महिना भित्र भुक्तानी गर्ने गरि बैठकवाट समर्थन गर्ने ।

१०. विपद् खोज उद्धारका सवै जिल्लामा क्यर आर टी टोली गठन गर्ने प्रावधान अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल सम्मिलित क्यर आर टी गठन, पूनर्गठन गरि तैयारी अवस्थामा राख्ने ।

११. कोविड-१९ को नयाँ भेरीयन्टको संक्रमण छिमेकी देश तथा विश्वव्यापी रुपमा वढिरहकोले सो को नियन्त्रण तथा रोकथामका लागि देहाय अनुसारको तयारी गर्ने ।

१२. स्वास्थ्य मापदण्डका उपायहरु अपनाउदै कोविड-१९ को संक्रमण न्यूनीकरणको उपाय अपनाउन जनचेतनामुलक गतिविधिलाई थप वढाउन सवै स्थानीय तहलाई अनुरोध गर्ने ।

१३. सिमानाका रुपैडिया लगायत अन्य नाकाहरुमा थप कडाइ गर्ने । स्वास्थ्य चेकजाच वढाउने । संकास्पद लक्षण देखिएमा अनिवार्य परिक्षणको व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिने ।

१४. यस जिल्लामा विगत देखी नै आपतकालिन सेवाहरु दमकल, एम्वुलेन्स, छाडा चौपायाको व्यवस्थापन हुदै आइरहेकोमा यस सेवालाई थप प्रभावकारी वनाउन जिल्लास्तर तथा पालिकास्तरमा कार्यविधि तयार गरी सेवालाई प्रभावकारी वनाउने सम्वन्धमा छलफल भयो ।

साथै नेपालगंज उपमहानगरपालिकामा युरोपियन यूनियनको सहयोग तथा UNDP/UNICEF/UNW0MEN/NRCS को साझेदारमा संचालनमा रहेको शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी कार्यक्रम (SUPER) को प्राविधिक सहयोगमा कार्यविधि निर्माण कार्य गर्ने ।

१५. मिति २०७८ फागुन २३ गतेको समितिको बैठक निर्णय अनुसार जिल्ला आपतकालिन कार्य संचालन केन्द्रबाट जिल्लाको समग्र विपद् व्यवस्थापनलाई प्रभावकारी वनाउन योजना निर्माण, विपद् पूर्वतयारी तथा समन्वयका लागि बाँकेका सवै स्थानिय तहको लागत साझेदारी रहने गरी सुचना व्यवस्थापन अधिकृतमार्फत कार्य हुदै आएकोले यसबर्ष पनि सो कार्यलाई निरन्तरता दिने गरि लागत साझेदारीका लागि पूर्ववत बैठकले गरेको निर्णय अनुसार नेपालगंज उपमहानगरपालिकाबाट २ लाख, कोहलपुर नगरपालिकाबाट १ लाख ५० हजार र ६ बटै गाँउपालिकाबाट १ लाखका दरले जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलव्ध गराउने ।

साथै, म्भ्इऋ को सूचना व्यवस्थापन अधिकृतले नियमित रूपमा अतिरिक्त कार्य (विहान बेलुका) गरिराख्नु पर्ने देखिएकोले अतिरिक्त कार्य गरेवापत नेपाल सरकारको नियमानुसार पारिश्रमिक ‌(भत्ता) उपलव्ध गराउन सहमति दिने ।

१६. डुडुवा १, बाँकेको गायत्री कृषि फर्ममा करिव ९ विघाह जग्गामा लगाएको तिल बाली अविरल बर्षा तथा बाढीका कारण क्षति भएको भनि प्रदेश सरकारमा सिफारिसका लागि निवेदन पेश भएकाले निवेदन अनुसार आन्तरिक मामिला तथा सन्चार मन्त्रालयमा सिफारिस गर्ने ।

Previous articleनेपालगञ्ज फुल्टेक्राका पवनराज भट्टको घरमा चोरी
Next articleल्याण्डफिल साइटका सरसफाईकर्मीहरुलाई सुरक्षा सामग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here