पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको परामर्श बैठक तथा सामाजिक परिक्षण

नेपालगञ्ज । नेपालगञ्जमा आज पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना बाँकेको स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण गरिएको छ ।

जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) ले बाँकेका नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा यो परियोजना सञ्चालन गरिरहेको छ ।

अप्रिल २०२२ बाट सुरु भएको यस परियोजनाले फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानी रोक्न सरसफाईकर्मी र कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गर्ने उद्देश्य लिएको छ ।

कार्यक्रममा परियोजना संयोजक इन्द्रजीत सुनारले परियोजनाका उद्देश्य, हालसम्म प्राप्त उपलब्धि र भावी कार्ययोजनाका बारेमा प्रस्तुतिकरण गर्नुभयाे ।

बी-ग्रुपका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण कार्यक्रममा एमडिएम फ्रान्सका बसन्त थापा तथा लाभग्राहीका तर्फबाट सरससफाईकर्मी तिलबहादुर राना, कृषक मेघराज खत्री लगायतले धारणा राख्नुभयाे ।

त्यसक्रममा बी-ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले संस्थाका बारेमा प्रस्तुतिकरण गर्नुभएकाे थियाे । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंह, वातावरण इन्जिनियर प्रकाश डिसी, डडुवा र खजुरा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत उपस्थिति रहेकाे बिजनेस डेभलपमेन्ट काेर्डिनेटर समद सिद्धाकीले जानकारी दिनुभयाे ।

Previous articleडुडुवा-३ का वडाअध्यक्ष तिवारीलाई मातृ शाेक
Next articleगीतकार सन्देश लामाको ‘ए हजुर’ बजारमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here