नेपालगञ्ज इलेक्ट्रोनिक्स एशाेसिएसनले निःशुल्क स्वास्थ्य परिक्षण गर्दै

अमन अन्सारी
नेपालगञ्ज । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशाेसिएसन बाँकेले यही पाैष १६ गते शनिवारका दिन नेपालगञ्जमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएकाे छ ।

शिविरमा न्यू दिल्लीबाट मास्टर इन इमर्जेन्सी मेडिसिन गर्नु भएका डाक्टर सल्मान निजाम, छाला तथा याैन राेग विशेषज्ञ डाक्टर अनिशा उप्रेती (एमबीबीएस एमडी), कन्सलटेन्ट अर्थाेपेडिक एण्ड ट्रामा सर्जन (हाडजोर्नी, नशा, मेरुदण्ड तथा बाथराेग विशेषज्ञ) डाक्टर सैय्यद सद्दाम, नाक, कान, घाँटी राेग विशेषज्ञ डाक्टर गाैरव सुवेदीकाे सहभागितामा स्वास्थ्य परिक्षण हुने एशाेसिएसन बाँकेका उपाध्यक्ष तथा शिविर संयाेजक सैय्यद जहाँगिर मुसलमानले जानकारी दिनभयाे ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-८ (टाँगा स्ट्यैण्ड) नजिक रहेकाे किन्नुराम काशीराम कशाैधन वैश्य पञ्चायती धर्मशालामा दिउँसाे २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने उक्त शिविरमा यस क्षेत्रका बढी भन्दा बढी जनताले आफ्नाे स्वास्थ्य जाँच गराई फाईदा लिनु हुन नेपालगञ्ज इलेक्ट्रोनिक्स एशाेसिएसन बाँकेले आमन्त्रण गरेकाे छ ।

चिरायु डाइग्नाेष्टिक एण्ड हेल्थ केयर सेन्टरका प्राविधिक टाेलीद्वारा प्याथाेलाेजीकाे सेवा प्रदान गरिने उक्त शिविरमा ब्लड सुगर, ब्लड प्रेसरकाे चेक जाँचका साथै निःशुल्क ओैषधी पनि वितरण गरिने कुरा उपाध्यक्ष तथा शिविर संयाेजक मुस्लमानले बताउनुभयो ।

Previous articleशक्ति समूहद्धारा एक वर्षमा १५८ जनाको पारिवारिक पुनर्मिलन
Next articleनेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here