वडाअध्यक्ष तिवारीको आमाको निधनप्रति गाउँपालिकाद्धारा शोक व्यक्त

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष आमोद तिवारीकी ममतामयी आमाको निधनप्रति गाउँपालिकाले शोक व्यक्त गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आइतबार एक शोक वक्ताव्य जारी गर्दै वडा अध्यक्ष तिवारीकी ममतामयी आमा ७२ वर्षीया कमलादेबी तिवारीको निधनको घट्नाले स्तब्ध भएको जनाउँदै शोक व्यक्त गर्नुभएको छ ।

वडा अध्यक्ष तिवारीकी आमाको पुस १४ गते बुधबार राती निधन भएको थियो । उहाँ लामो समयदेखि एपेण्डिस रोगबाट ग्रसित हुनुहुन्थयो ।

Previous articleचर्चित निर्देशक सुबेदीको थारु गीत ‘सजन के दिवानी’ सार्वजनिक
Next articleनेपालगन्जमा खुकुरी प्रहार गरी फरार भएका चार जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here