नेपालगन्ज उपमहानगरपालिकाद्वारा दाउरा बितरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र दाउरा वितरण गर्न शुरु गरेको छ । केही दिनयता चिसो अत्याधिक बढेपछि आगो ताप्न सहज होस् भन्ने उद्देश्यले नगरका विभिन्न स्थानमा दाउरा वितरण गर्न शुरु गरिएको हो ।

आज पहिलो दिन नगरका विभिन्न २३ स्थानमा वितरण गरेर दाउरा जलाइएको नगर प्रहरी प्रमुख सूर्य बोगटीले जानकारी दिनुभयो । आज गणेशमान चोक, विपी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, राँझा चोक, चारबाहिनी चोक, भेरी अस्पताल अगाडि, बसपार्क, नेपाली कांग्रेस, एमाले र जसपा पार्टी कार्यालय अगाडि, बाँके जिल्ला अदालत परिसर, औद्योगिक क्षेत्र अगाडि, भुजई गाउँ चोक, सडक विभाग कार्यालय अगाडि, विशाल चोक, विकास नगर चोक कारकाँदो प्रहरी बिट, खजुरारोड पिपलचौतारा, गुलरिया बसपार्क प्रहरी बिट, चिडिमार टोल, खजुरा रोड शिव मन्दिर र वडा नम्बर १ स्थित शिबराम मन्दिरमा दाउरा वितरण गरिएकोे बोगटीले बताउनुभयो ।

मानिसहरुको चहलपहल र चाप बढी भएका ठाउँहरु हेरेर आवश्यकता अनुसार दाउरा वितरण गरिएको छ । वन कार्यालयले माग गरे बमोजिम दाउरा उपलब्ध गराउन नसकेपनि प्राप्त हुने दाउराको परिमाणका आधारमा वितरण गरिने बोगटीले बताउनुभयो । 

Previous articleनेपोलियन बोनापार्टको लिङ्ग प्रदर्शनीमा
Next articleखजुरास्थित अमृत प्रा.बिकाे व्यवस्थापन समितिका पदाधिकारी चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here