खजुरास्थित अमृत प्रा.बिकाे व्यवस्थापन समितिका पदाधिकारी चयन

नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिका वडा न-७ कलंसक्सन गाउँमा रहेकाे अमृत प्राथमिक बिद्यालयकाे व्यवस्थापन समिति पदाधिकारी चयन गरिएको छ ।

बिद्यालयमा बुद्वबार सम्पन्न भेलाले व्यवस्थापन समितिकाे पदाधिकारीमध्ये दुई महिला र दुई पुरूष गरि चार जना सदस्य चयन गरिएको हाे ।

चयन गरिएको सदस्यहरूमा शिवकुमार काेरी, मुम्ताज खाँ, फाख्ता बेगम खाँ र किर्तना धाेबी चयन हुनुभएको हाे । शिव कुमार नेपाली काँग्रेस बाँके क्षेत्र नं-३ का सदस्य हुनुहुन्छ । काँग्रेस, नेकपा एमाले र समाजवादी एमालेकाे समन्वयमा पदाधिकारी चयन गरिएको जनाईएकाे छ ।

व्यवस्थापन समितिकाे अन्य पदाधिकारी अर्को बैठकबाट चयन गरिने जनाएको छ । सदस्य चयनका लागि भएकाे भेलामा खजुरा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, प्राबिधिक सहायक निर्मल रेग्मी, बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावककाे उपस्थिति रहेकाे थियाे ।

Previous articleनेपालगन्ज उपमहानगरपालिकाद्वारा दाउरा बितरण
Next articleनेपालगन्जका आठ शिशुमा दादुरा संक्रमण, ३१ महिने एक शिशुको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here