नेपालगन्जका आठ शिशुमा दादुरा संक्रमण, ३१ महिने एक शिशुको मृत्यु

नेपालगन्ज । नेपालगन्जमा दादुराबाट एक जना शिशुको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-५ का ३१ महिने शिशुको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

ती शिशुलाई एक हप्ताअघि उच्च ज्वरोसँगै दादुरासँग मिल्दोजुल्दो अरु लक्षण समेत देखिएको थियो । आज उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै शिशुको मृत्यु भएको हो । नेपालगन्ज वडा नं.५, ७ र ८ मा दादुराको महामारी फैलिएको छ । आजमात्रै यी वडामा ८ जनामा दादुरा देखिएको छ ।

दुई दिनअघि एकै परिवारका ४ जना बालबालिकामा दादुरा देखिएको थियो । आज मृत्यु भएका शिशुले दादुरा विरुद्धको खोप लगाएको वा नलगाएको बारेमा जानकारी लिने काम भइरहेको चन्दले बताउनुभयो ।

समुदायस्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई आइसोलेट गरेर उपचार गर्ने, वरपरका बालबालिकाको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने काम सुरु भएको पनि चन्दको भनाइ छ । साभार: स्वास्थ्य पेज

Previous articleखजुरास्थित अमृत प्रा.बिकाे व्यवस्थापन समितिका पदाधिकारी चयन
Next articleजानकीले सम्झाैता गरेका प्रकाशित सूचनाकाे मात्र भुक्तानी दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here