मन्टेश्वरी शिक्षाको बिकासका लागि सहयोग गर्ने : प्रदेश सांसद काफ्ले

नेपालगन्ज । मण्टेश्वरी एसोसिएसन बाँकेको पाँचौं बार्षिकोत्सव भव्यताका साथ नेपालगन्जमा सम्पन्न भएको छ ।

बाँके स्थित मण्टेश्वरी स्कुलहरुको छाता संगठनको रुपमा रहेको  एसोसिएसनले सरोकारवालाहरु बिच बार्षिकोत्सव मनाएको हो ।

अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले मन्टेश्वरी शिक्षाको बिकासका लागि सहयोग गर्ने बताउनुभयाे ।

कार्यक्रममा दिदि बहिनी समाज बाँकेकी अध्यक्ष रमादेबि शाह, गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष तथा एसोसिएसनका सल्लाहकार नमस्कार शाह, प्याव्सन बाँकेका उपाध्यक्ष शरद रावल लगायतले मन्तव्य राख्नुभयाे ।

कार्यक्रममा कृयटिभ चिल्ड्रेन होम नेपालगन्जकी कुन्ती रावल, साईनिङ्ग स्टार खजुराकी प्रमिला थापा, द नेपालगन्ज पब्लिक मन्टेश्वरी नेपालगन्जकी भावना शर्मा, बेबि ब्लुम मण्टेश्वरी कोहलपुरकी रश्मिला देबकोटा, स्माल ह्यभेन मण्टेश्वरी कोहलपुरकी उषा बिक, ग्रेस मण्टेश्वरी बैजनाथका गिता घर्ती, ह्यप्पी किड्स मण्टेश्वरी कोहलपुरकी भावना वली, दोश्रो पाईला मन्टेश्वरी कोहलपुरकी पार्बती शाही र मोडर्न क्रियटिभ मन्टेश्वरी नेपालगन्जकी ममता जि.सि., नोबेल प्री मन्टेश्वरी कोहलपुरकी अमृता बि.क., लिटिल होराइजन मन्टेश्वरी नेपालगन्जकी शान्ती कुमारी कार्की, खुशिघर मण्टेश्वरी बैजनाथकी भावना बुढा क्षेत्रीलाई उत्कृष्ट मन्टेश्वरी शिक्षकको रुपमा सम्मान गरिएको थियो ।

कोषाध्यक्ष खिमा थापाले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गा बजगाईले गर्नुभएकाे थियाे भने कार्यक्रममा सम्मानित हुने शिक्षिकाको बारे सचिव प्रभा थापा मगरले जानकारी गराउनुभएकाे थियाे ।

कार्यक्रममा बिभिन्न मन्टेश्वरी स्कुलका शिक्षिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा १०० बढिको सहभागिता रहेको थियो ।

Previous articleपूर्ण हात धुने अभियानकाे प्रगति अनुगमन
Next articleफड्को मार्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सेकाईका लागि अन्यत्र जान नपर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here