
हरे भगवान, यो लकडाउन अनि निषेधाज्ञा कहिलेसम्म हुने हो ? मत हैरान भैसके । हुनत मलाइ मात्र होइन सबैलाई यस्तै भएको होला है ? सारदा शर्मा आफ्नो बैनीलाई फोन गर्दै थिइन । उताबाट बैनीको जवाफ थियो : के गर्ने दिदी हामीलाई मात्र होइन सबैलाइ छ, तर कहिलेसम्म हो ? ठुलो कुरा यहि भयो । लकडाउनको केही समय त खासै समस्या भएन, अहिले त निकै गाह्रो छ । सारदा भन्छिन अब त दैनिकै गुजारा गर्न गाह्रो छ । यो दिदी–बैहिनीको कुरा मात्र हो यस्ता लाखौ दिदी बैहिनी दाजुभाइ एंवम सारा नेपालीको पिडा भैसकेको छ महामारी भाईरस कोभिड–१९ कोरोना । चीनबाट शुरु भएको यो महामारीमा अकालमै धेरैले ज्यान गुमाइसके, कति सक्रमित भएर आइसुलेशनमा छ्न । कतिले पिसिआर चेक नगर्दा आफुलाई कोरोना छ छैन थाहा नै छैन, किनकी पहिला पहिला कोरोना हुँदा लक्ष्यण देखिन्थ्यो भने अहिले कुनै लक्ष्यण नदेखिनुले पनि धेरैलाई आफुलाई कोरोना सक्रमण छ छैन थाहा छैन । कोरोना सक्रमित संख्या जति बढदै छ निको भै घर फर्किनेको संख्या पनि बढिराछ । कोरोनाको अहिलेसम्म न कुनै औषधी छ, न कुनै भ्याक्सिन ।
संक्रमित भर आत्मबल बलियो बनाउनु समय मै समबन्धित डाक्टरसंग परामर्श लिनु बाहेक यस्को कुनै विकल्प छैन । चैत्रको ११ गतेबाट शुरु भएको लकडाउन अहिले पाँच महिना पुग्न थालिसक्यो यो बिचमा कहिले काँही गरेर जम्मा डेढ महिना बजार खुल्ला छ । बजार केही समय खुले भएपनि कलकारखाना, उधोग, स्कुल, यातायात, होटेल पुर्ण रुपमा बन्द । रेस्टुरेन्ट र क्याफे भने संचालनमै छ । नेपालगन्ज बेलासपुरका बिबेक पोखरेल २० बर्षबाट यातायात व्यवसायमा संलग्न छ्न । उनीहरु तीन भाई नै बस व्यवसायी हुन । ५ महिना भैसक्यो यातायात पुर्णरुपमा बन्द छ, अब त निकै गाह्रो छ । बसको किस्ता तिर्नै पर्यो बैंकले छाडदैन । आफू पुरै फ्री, के गर्ने होला छोरा छोरी पढाउनलाई काठमाण्डु राखेको थिए । लकडाउनमा यहि ल्याए घरबेटिलाई पैसा दिनुपर्यो । के गर्ने होला । अब त कोरोना भन्दा भोकले मर्ने दिन आयो, अब यातायात संचालनमा आउनु पर्यो, हामी नियम पालना गरेर संचालन गर्छौ भनेर उनी सारै चिन्तित छ्न । यो सबै यातायात व्यवसायीको पीडा हो । ग्रीहणीलाई आफ्नै किसिमको तनाव छ । आर्थिक समस्या छ बच्चालाई के खुवाउने स्कुल बन्द छ । निकै गाह्रो भएको सबै महिलाको गुनासो छ । अब त सरकारको नियम पालना गर्ने लकडाउन र निषेधाज्ञा बन्द हुनुपर्छ भन्नेमा उनीहरु पुगिसकेको छ्न ।

ब्यापार, व्यवसाय गरेर खाने व्यूटिसियन दिदी बैनीको अहिले अवस्था निकै नाजुक भैसकेको बताउछिन नेचुरल व्युटि पालरकी संचालिका सरिता बोहरा । २० वर्षको अवधीमा अहिलेसम्म कहिले यस्तो भएन । २.४ दिन बन्द हुन्थ्यो अनि साम्य । निकै गारो छ ५ महिना भयो के खाने कसरी परिवार पाल्ने अरु कुनै विकल्प छैन । बाँके जिल्लामा ३०० वटा छ्न सबै को पिर यस्तै छ, उनी बताउँछिन । पहिला केही दिन त हामीले पुर्ण रुपमा पालना गरौं, अब हामीलाई प्रसाशन र प्रहरीदेखि गुनासो भएको उनीहरुको भनाइ छ । सबै पसल खुल्ने हाम्रो पार्लर मात्र बन्द किन । प्रसाशनको कर्मचारी आउने, प्रहरी आउने हामीलाई थर्काउने के हो यो ? अस्ति मात्र हामीले उधोग वाणिज्य संघको सहकार्य ५० जनाको पिसिआर गर्यौं, सबैको नेगेटिभ आयो । हाम्रो काम त अहिले मात्र होइन पहिलाबाट नै यस्तै हो । हेयर कटपछि हात धुने । फेशियलपछि हाट धुने । मेनिकेयरपछि हात धुने हामीले सधै गल्बसको प्रयोग गर्छौं ।
प्रशासनले हामीलाई अनावश्यक दुःख दिरहेको छ । पार्लर बन्द कस्मेटिक खुल्लारे । कस्मेटिक त हाम्रो ग्राहक के मात्र किन्ने हो अलि महङो पर्छ । कस्मेटिक मात्र बेचेर हामीलाइ हुँदैन । घरबेटिको कल आइरहन्छ पैसा छैन कसरी दिनु । लोन कसरी तिर्नु सारै गाह्रो छ, अब डिप्रेसन हुने जस्तै भैसक्यो । प्रहरी र प्रसासन आउँछ बन्द गर्नुस भन्छ । डरले बोर्ड नै नराखी भित्रैबाट काम गरिराछौ । अब हामीलाई सहज तरिकाले काम गर्ने बातावरण दिनु नियम पालना हामी गर्छौ, साथै उनिहरुको अर्को गुनासो नियम सबैलाई समान होश कसैलाई रु १००, कसैलाई रु ५००, कसैलाइ रु १५०० यो कस्तो जरिवाना हो ? अस्ति मात्र एउटा पार्लरमा रु १५०० जरिवाना लिएको छ प्रशासनले । कोरोना कोभिडबाट बच्ने उपाय बेला–बेलामा हात धुने सेनिटाइजर लगाउने हात नमिलाउने करिब २ मिटरको दुरिमा बस्ने र मास्क लगाउने हो । तर अब यहि कुरा धेरै ले आवाज उठाइहेका छ्न ।
उनीहरुले आ–आफ्नै तर्क दिरहेका छ्न । उनिहरुका अनुसार कोरोना कोभिडको चर्चाले गर्दा मानिस लाइ नकारात्म्क असर पारेको छ । मास्क लगाउादा लगाउँदै अक्सिजन लिन पाइहेका छैनन् । यो अब पुर्ण रुपमा बन्द गर्नुपर्छ भन्ने धारणा उनीहरुको छ । तर कोरोनाको सक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । सामान्य रुपमा लिने अवस्था भने छैन । एक बर्षअघि मात्र व्यापार शुरु गरेका सदरलाईन स्थित ए टु जेडका प्रोपाइटर सुनिल भट्टले लकडाउनले तनाव भएको बताउछ्न । बैंकबाट ऋण लिएर व्यापार गरियो, नयाँ बर्ष तिजमा व्यापार बन्द गर्नुपर्यो, अब दसैंसम्म के हुन्छ निश्चित छैन । यो पाराले सबै ब्यापारीको ठुलो लगानी डुब्ने संकेत छ । बोडर बन्द छ, अहिले प्राय ईन्डियाबाट सामान लियर ब्यापार गर्ने व्यापारीले वाट्सपबाट समान मागाएर बिजनेस गर्दिछ्न । के गर्ने मजबुरी छ बताउछ्न उनीहरु ।

होटलहरु पुरै बन्द छ महिनाको एक लाख भन्दा बढी भाडा छ । साहुको पैसा दिनुपर्यो आफ्नो परिवार खाने निकै गारो छ । बैंकमा भएको अलिअलि पैसा दिएर स्टाफ घर गए केही पैसा घर बेटिलाई बुझायो अब त काहाँ ? को ? संग माग्ने हो ? सबैको अवस्था एउटै छ । अब त कोरोना सोरोना को डर लाग्न थाल्यो कसरी बाच्ने डर भयो बताउछिन् । न्युरोडस्थित होटेल डायमण्डका संचालक अस्मिता वली डाँगी । आर्थिक अभाव बेरोजगारी खान नपाएर अहिले मजदुरी गरेर खानेलाई निकै गारो छ । काम छैन घर मा अन्न छैन । पैसा नदिन सकेर घरबेटिले कोठा छाड्न लागाइहेको वताउछ्न, सल्यान बडागाउँका ४० बर्षीय रामनाथ योगि । मलिन उनको अनुहारमा उनको समस्या प्रष्ट झन्किन्थ्यो । २ वटा बालबालिका श्रीमती आफू उनको घर जाने अवस्था पनि छैन, के गर्ने घर गएर केही छैन । नेपालगन्ज आएर काम गर्न लागेको १४ बर्ष भयो । दुबै जना मजदुरि गर्छौ खान लाउन पुगेको थियो ।
अहिलेको घर बेटि पनि अलि उस्तै हुनुहुन्छ । पैसा समय मै दिनुपर्छ । बैंकको लोन मा घर बनाएको हो । भन्दै पैसा समय मै लिनुहुन्छ तर मलाइ कुनै गुनासो छैन । दिन्थिए अहिले गाह्रो भयो भन्दै उनको त्यो अनुहार एकैछिनमा अझ उदास देखियो । कहिकेसम्म थाहा छैन, सबै गाडीमा हिड्ने । राम्रो जागिर गर्ने धनीलाई मात्र कोरोना लागेको सुनेको छु, गरिबलाई लागे कसैलाई थाहा हुँदैन भन्छ्न उनी । अहिले उनीहरु दुबै जना रङ र अबिर प्याक गर्ने काम गरेको बताउछ्न । खाने केही छैन । तनाब छ । रोजगारीको लागि बिदेशमा काम गर्न गएका सबै नेपालीहरु यस्को कारणले घर फर्किदैछ्न । उनिहरुलाई बिदेश जाँदा लिएको ऋण तिर्ने अर्को चिन्ता छ । यो अबधिमा मात्र २६०० भन्दा बढिले आत्माहत्या गरेको सर्वेक्षणमा देखिएको छ भने बाँकेमा मात्रै सावनमा ६ र भदौमा ५ जनाले आत्महत्या गरेको बाँके प्रहरीले जनाएको छ ।

कोठा खोज्न निकै गाह्रो पर्ने राजधानी लगायतका प्रमुख शहरहरुमा अहिले प्राय सबैको घरमा कोठा खाली छ । कतिपयले घर भाडा मै दिएर आफ्नो घरपरिवार पालेका हुन्छ्न । उनिहरुका अनुसार निकै गाह्रो भैसक्यो । अब कति दिन लकडाउन मध्यम बर्गलाई सरकारले केही दिएको छैन । अब त लकडाउन र निषेधाज्ञा मान्न तयार नहुने उनिहरुको भनाइ छ । यस्तै शहरमा होस्टेल चलाइ रहेकाहरुको पनि आफ्नै समास्या छ, तर सामाधान कसरी । नेपालगन्जको रामबागस्थित सरिता गल्स होस्टेलकी संचालक सरिता शाहका अनुसार अहिले निकै गाह्रो छ सबै विद्यार्थी घर गैसके । राजधानी, पोखरा, चितवन, बुटवल जति अहिले पनि नेपालगन्जमा होस्टेलको धारणा खासै बिकास भैसकेको छैन । तर बिद्यार्थीहरुलाई रुममा बस्नुभन्दा होस्टेलमा सबै कुराको फाइदा हुन्छ । खाना खाजा वाइफाइ सबै राम्रो हुन्छ तर सन्चालन गर्न गाह्रो छ । उहाँका अनुसार अब निकै गाह्रो भयो स्कुल कलेज नखुल्दासम्म हाम्रो होस्टेल चल्ल्दैन । भाडा तिर्न पनि गाह्रो भैराछ त्यसैले अब सुरक्षित भएर सबैले आफ्नो काम गर्नुपर्छ । अन्य व्यापार त चलिराछ हामी ठुलो भारमा छौं ।
। थाहा छैन कति दिनबाट खान नपाएको अनुहार हो यो । ६८ बर्षीय बिरीदा । धादिङका उनी पहिला डोकोमा भारी बोक्ने काम गरे गरेको बताए । आँखाभरि आसु लिदै कम्मरमा बाधेको नाम्लो देखाउदै उनले काम छैन यो बेला घर बेटिले कोठा खाली गरायो । रोग ले होइन भोकले मर्छौ हामी खाना खुवाउने लाई आशिर्वाद दिए साथै सरकार मिडिया अगाडी बिन्ती गरे । सरकार हामीलाई केही गरिदिनु नत्र हामी भोक–भोकै मर्छौ र यो लकडाउन छिटो खुलोस ।
संसार, हो सबै किसिमका मानिस छ्न र भेटिन्छ्न यहाँ । कोहि भएर पनि नगर्ने कोहि नभएर पनि सामाजिक कार्यमा आफु हुँदा खुशी र आनन्द हुने मान्छे छ्न यहाँ । सम्पती र पैसाको आडमा अलग पहिचान बनाएका धेरैले यो बेला कुनैपनि सहयोग गरेको देखिएको छैन । तर विभिन्न जिल्लाका सहयोगी मन सामाजिक अभियान्ताहरुले आफ्नै लगानीमा कयौं दिन खान नपएका सडक पेटिमा बस्न बाध्यहरुलाई खान खुवाइरहेको हामीले देखिरहेको छौं । नेपालगन्जमा पनि लकडाउनको शुरूवातमा विभिन्न संघ, संस्था । क्लब, व्याक्तीहरु खुवाएकै हुन । यो अवधिमा नेपाली चलचित्रका नायक पल शाह निकै उदार देखिएका छ्न ।
यो अवधीमा नेपाली चलचित्रका नायक नायिकाले पनि सक्दो सहयोग गरेका छ्न । नायिका पुजा शर्माले चलचित्र प्राबिधिक संघलाई रु तीन लाख दिइन । पल शाहले चलचित्र प्राबिधिक संघलाई रु पाँच लाख दिए । अछाममा कालिकोटमा उनि आफै पुगेर राहत बितरण गरे । अहिले गायक दुर्गेश थापा बागलुङ राहत बितरण गरे भने पलले अहिले राजधानीको विभिन्न ठाउँमा खाना खुवाउदै छ्न । धनगढीस्थित रोयल कोलाब्रेरिट क्लबले । लकडाउनसंगै शुरु भएको भोकमरिमा उनिहरुले आफ्नै ठाउँको बोडरमा ५७ हजार जनालाइ खाना खुवाए । अहिले १५ दिनदेखि उनिहरु काठमाडौको रत्नपार्क, कान्तिबाल आस्पताल, टिचिङ र बङलामुखीमा दैनिक ३५०० देखि ४००० जना लाज खाना खुवाउदै छ्न । सुरुवात आफैले गरेका उनिहरुको कामलाई देखेर अहिले सहयोग गर्नेहरु आफै आईरहेको क्लबका गजेन्द्र शाहीले बताए । यो बेला बालबालिका सुत्केरी बृद्धबृद्धाको अवस्था देखेर सारै मन दुख्यो ।
उनिहरुका अनुसार धेरैले सहयोग गरिरहेका छ्न तर यो काम को जिम्मेवार सरकार को हो ? सरकारले जनतालाई यो परिस्थिमिा हेर्दैन भने जनताले सरकारबाट के अपेक्षा गर्नु ? अब माहोल लम्ब्याउने होइन सहज गर्ने सबैले काम गरेर खान पाउन । यो माहोलमा स्वास्थ्यकर्मीको अलग परिस्थिति छ । काम हो गर्नै पर्यो । अरु बेला भन्दा यो बेला बिरामीको सेवा गर्न पछि हटेका छैनौ हामी बताउँछिन मेडिकल कलेजमा कार्यरत नर्स सर्मिला थापा । साथै डा.संकेत रिसाल प्रत्यक्ष बिरामीको सेवामा खटिरहदा उनी आफै संक्रमित भए तर आइसोलेसनबाट सबैलाई सन्देश दिए, आत्मबल बलियो बनायो भने कोरोना सजिलै जित्न सकिन्छ तर लामो समयको बिरामी छाती मुटुमा समस्या भएका रोगीलाई अलि छिटो समस्या देखा पर्ने हुँदा समयमै सम्बन्धित चिकित्सकसंग भेटी हाल्नु पर्छ । यो बेला सरकारले स्वास्थकर्मीलाइ पनि राज्यबाट दिने सेबा सुबिधा दिएको छैन ।

घर परिवार सना बच्चालाई छाडेर महिला डाक्टर र नर्सले काम गर्दै छ्न । लकडाउनले गर्दा राजधानीको कतिपय अस्पतालमा नर्स कर्मचारीलाई कामबाट हटाइएको छ । लामो समय भैसक्यो तलब पाएको छैनन् । उनीहरुको गुनासो छ । निकै अब उनिहरु पनि कोरोना कोरोना शब्द सुनेर वाक्य भैसकेको बताएका छ्न । लकडाउन निषेधाज्ञा होइन अब सावधानीपुर्वक सरल सहज बाताबरणमा काम गर्नु पर्यो । हल्ला–हल्लाकै भरमा अझै बढेको आभास जनतालाई हुदैछ । लक डाउनमा र निषेधाज्ञाले सबै क्षेत्रमा प्रत्यक्ष प्रभाब परेको छ ।
साथै सुरक्षाकर्मीको पीडा पनि बेग्लै छ, डिउटीको निश्चित छैन, खाना सुत्न समय छैन । तर पनि उनिहरु सरकारको आदेश र संगठनको नियम अनुसार काम गरिरहेका छ्न । परिवार छ प्रत्यक्ष बिरामीको सम्पर्कमा रहँदा डर त लाग्छ तर पनि आफ्नो जिम्मेवारी पूरा गर्न पाएकोमा खुशी रहेको प्रहरीहरु बताउँछ्न । फ्रन्टलाइनमा काम गर्ने हुँदा कति प्रहरी सक्रमित भएका छ्न । बाँकेकै सन्दर्भमा वडा प्रहरी कर्यालयका सबै प्रहरीमा कोरोना पोजेटिभ हँुदा वडा नै शिल भयो । जिल्ला प्रहरी कार्यालयमा पनि पोजेटिभ देखियो ।
कोरोनाबाट बाँकेमा पनि कोहि अछुतो रहेन, पत्रकार, डाक्टर, नेता, उधोगी, व्यापारी, स–साना बालबालिका सबैमा देखियो । तर सरकार भने महङ्गो चिल्लो गाडी र ठूलो महलमा बसि स्वादिष्ट परिकार खाइरहेको छ । सायद लाग्छ कोरोनाको महामारी जनतालाई भोकमरीको सास्तीको न्युज आँखाले होइन दुरबिनबाट हेरिरहेको छ । पार्टीको मिटिङपछि नेताहरुलाई कम्मर मर्काएर नाच्न ठैकै छ । बाँके जिल्लामा शुक्रबार र शनिबार निषेधाज्ञा लागाएर समस्याको सामाधान हुँदैन ।
दैनिक मजदुरि गरि खानेको चुलोमा भात पाक्न छोडयो । सरकारले दिएको २५ किलो चामल, २ पोका नुन, २ पोका तेल, २ किलो दाल, सोयाबिन, ६ महिना चल्छ र ये सरकार । जनता भोक प्यासले छट्पटिँदा टुलुटुलु हेर्ने अधिकार छैन सरकारलाई अलिकति लाज मान । सरकार । धेरै नगरे केही त गरन सरकार । नत्र सराप लाग्ने छ नेपाल आमाको । यो बेला चिल्लो गाडीमा हिडेर सान नदेखा । अब त मध्यम वर्गीय परिवारको पनि हाल्त बेहाल भैसक्यो । व्यापार व्यवसाय, कलकारखाना, उधोग, यातायात, स्कुल पुर्ण रुपमा बन्द छ । व्यापारीहरु अब त डिप्रेसन भएर औषधी सेवन गर्ने भैसकेको बताएका छ्न । साथै प्रत्यक्ष असर मिडियामा पनि परेको छ । पत्रकारलाई न बिदा न लकडाउन, डिउटी गर्नै पर्यो । सुचनामा अपडेट भै नागरिकलाई जानकारी दिनु पत्रकारको काम हो । मिडियाकर्मीलाई पनि खल्तीमा पैसा नभएर ज्ञद्द बजिसकेको छ । त्यसैले निषेधाज्ञा होइन नियम पालना गरि काम गरौं ।





