नेफोस्टा नेपालगञ्ज च्याप्टरको अध्यक्षमा सन्तोष पोखरेल चयन

नेपालगञ्ज । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ बबरमहल, काठमाडौंको आयोजना तथा बलियो नेपाल र के.एल.दुगड ग्रुपको सहकार्यमा नेपालञ्जमा खाद्य वैज्ञानिक र खाद्य उद्योगी बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा पहिलो कार्यपत्र संघकाका अध्यक्ष डा.अतुल उपाध्यायले प्रस्तुत गर्नुभयो जहाँ उहाँले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिँदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको निमित्त योगदान दिने लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्ने बुँदा प्रस्तुत गर्नुभयो ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष डा.उपाध्यायको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा.रोमन कार्की, के.एल.दुगडका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार छाझेड एवं एस.के डेरी, नेपालगञ्ज संचालक सरोज प्रसाद पाण्डे, हितेश खाद्य उद्योगका मेनेजर बैजेन्द्र बेंगानी रहनु भएको थियो ।

कार्यक्रममा नेफोस्टाका केन्द्रीय महासचिव प्रविन ओझा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँकेका निमित्त कार्यालय प्रमुख अमित भूषण सुमन, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जका कार्यालय प्रमुख सन्तोष दाहाल, जडिबुटी संघ बाँकेका जिल्ला अध्यक्ष, डेरी संघ बाँकेका अध्यक्ष, चौधरी ग्रुप, क्रिस्टीलो पानी, एम.ए.सप्लायस र उद्योगी व्यवसायी, नेफोस्टाका सदस्य खाद्य प्राविधिकहरु, विभिन्न संचार माध्यामका पत्रकार लगायत ५० जनाको उपस्थिति रहेको थियो ।

दोस्रो प्रस्तुतिमा खाद्य प्राविधिक सुमनले प्रस्तुत गर्दै खाद्य उद्योगले झेल्नु परेको अनेक खाद्यका झुट्टा हल्लाबारे चर्चा गर्नुभयो । उहाँले बजारमा बेला बेला प्लास्टिकको चामल, प्लास्टिक हालेको दुध, प्लास्टिक भएको आटा, मैदा, धाराको पानी नै मिनिरल वाटर भनेर बेच्ने जस्ता कुराहरुले खाद्य व्यवसायी, नियामक निकाय, उपोभोक्ता सवैलाई हैरानी हुने वातारण बन्ने गरेकोले नेफोस्टाले यस्ता कुराहरुमा खुल्ला छलफल मार्फत निकास निकाल्ने प्रयास गरेको बताउनु भयो ।

खाद्य प्राविधिकद्वय गौरी हमाल र शिवराज शर्माले पिठोबाट ग्लुटिन नामको प्रोटिन हेन्ड वाशिंग मेथोडबाट निकालेर उक्त ग्लुटिन गहूँको मुख्य आकर्षण रहेको र त्यही प्रोटिनको कारण वेकिंग गरि रोटि, ब्रेड, डोनट आदी वेकरी पदार्थ बनाउन सहयोग पुग्ने वताउनुभयो ।

नेफोस्टा अध्यक्षले उक्त कुरा प्लास्टिक नभएको स्पष्ट पार्नुभयो।कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले यस्ता कुराहरुले अनावश्यक रुपमा आफ्नो समय खेर जाने, मोरल डाउन हुने भएकोले उपोभोक्ता माझ यस्ताकुरा गलत हुन् भनेर बुझाइदिन आग्रह गर्नुभयो ।

साथै खाद्य ऐन चाडै संसोधन गरी अधिक खाद्य वस्तुको स्थर निर्धारण गरिदिन, जडिबुटीको प्रशोधन भन्नाले के बुझिन्छ प्रष्ट रुपमा कानुनमा लेख्न, टेष्टको दयारा फराकिलो पार्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख आथिति डा.रोमन कार्कीले खाद्य प्रविधिको भविष्य राम्रो भएको भन्दै विश्वमै भीमकाय रुपमा बढीरहेको जनसंख्यालाई भोकमरीबाट जोगाउन इन्नोभेसन रिसर्च तथा प्रविधि प्रयोग गर्नुपर्ने र त्यसमा खाद्य प्रविधिकको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नेफोस्टा अध्यक्ष डा. उपाध्यायले आफू केहि राम्रो गर्न यो पदमा आएको र खाद्य प्राविधिक र वैज्ञानिकको हकहितका लागी काउन्सिल, उपोभोक्ता सचेतनाको लागि साझा सवाल लगायत कार्यक्रम अघि बढाउन लागेको बताउनु भयो ।

खाद्य वैज्ञानिक तथा खाद्य उद्योगीबिच सहकार्य गर्न सकिने बिभिन्न विकल्पहरु पहल्याएर कार्यक्रमको निचोड प्रस्तुत गर्दै समापन गरिएको उक्त कार्यक्रम पश्चात नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको नेपालगञ्न च्याप्टर गठन गर्ने उद्धेश्यले सोही सभाहलमा उक्त संस्थाको साधारणसभा आयोजना गरिएको थियो ।

कार्यक्रमको संचालन खाद्य प्राविधिक ज्योति आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तब्य नेफोस्टा तदर्थ समितिका संयोजक खाद्य प्राविधिक सन्तोष दाहालले गर्नुभएको थियो ।

खाद्य प्राविधिक मान बहादुर कटुवाल निर्वाचन समिति सभापति रहेको समितिले साधारण सभाको सर्वसम्मतिमा एवं केन्द्रीय समितिको रोहवरमा तपशिलका नेफोस्टा नेपालगञ्ज च्याप्टरका पदाधिकारीहरु चयन गरेको छ।

जसको अध्यक्षमा सन्तोष पोखरेल, सचिवमा पदम बराल, कोषाध्यक्षमा सुनिता खुलाल रहनुभएको छ । यस्ते सदस्यहरुमा विवेक कुमार सुवेदी, गौरी हमाल, पूजा शर्मा, राजेश कुमार चौधरी रहनुभएको छ ।

संघका निर्वाचित अध्यक्ष पोखरेल लामो समयदेखि नेपालञ्जमा डेरी संचालन गर्दै आउनु भएका खाद्य प्राविधिक एवम् व्यवसायी हुनुहुन्छ । नवगठित समितिलाई तदर्थ समीति र केन्द्रीय समीतिद्वारा खादा, टिका र ब्याच लगाइ जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

Previous articleसहकारीका अध्यक्ष, सचिव र व्यवस्थापकबीच दुई दिने छलफल
Next articleचीनमा अत्यावश्यकबाहेक यात्रा नगर्न जर्मनीद्वारा आफ्ना नागरिकलाई निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here