चीनमा अत्यावश्यकबाहेक यात्रा नगर्न जर्मनीद्वारा आफ्ना नागरिकलाई निर्देशन

फाईल तस्बिर

एजेन्सी । जर्मनीले आफ्ना नागरिकलाई चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न निर्देशन दिएको छ । जर्मनीको विदेश मन्त्रालयले कोरोनाको सङ्क्रमण बढेको भन्दै चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न भनेको हो ।

चीनले शून्य कोभिड नीति तथा अरु विभिन्न प्रतिबन्ध हटाएसँगै त्यहाँ सङ्क्रमण फैलिएको छ । अरु केही देशले पनि चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् ।

युरोपेली सङ्घले पनि यसै हप्ता मात्रै सदस्य देशलाई चीनबाट आउने उडानमा कोभिड परीक्षण गर्न सुझाव दिएको छ । जर्मनी, फ्रान्स, इटली, स्पेनलगायत देशले एसियाली देशबाट पुग्ने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् ।

अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् । बेइजिङ र तियानजिनलगायत सहरमा सङ्क्रमण चरम बिन्दुमा पुगेको चिनियाँ अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

चीनमा नयाँ सब-भेरिएन्ट बीएफ-७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताउँदै आएको छ ।

Previous articleनेफोस्टा नेपालगञ्ज च्याप्टरको अध्यक्षमा सन्तोष पोखरेल चयन
Next articleपत्रकार महासंघ बाँकेले जारी गर्यो १३ बुँदे घोषणा पत्र !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here