प्रधानाध्यापकहरुका लागि बिधालय सुधार योजना निर्माण कार्यशाला गुलरियामा शुरु

गुलरिया । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा शिक्षा बिकास समन्वय इकाइ बर्दियाको समन्वयमा प्रधानाध्यापकहरुका लागि बिधालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी शुरु गरिएको छ ।

बर्दिया जिल्लाका परियोजना संचालन भएका राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा संचालित २५ बिधालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको छ ।कार्यशाला उद्धाटन सत्रमा बाेल्दै शिक्षा बिकास समन्वय इकाइ बर्दियाका शाखा अधिकृत महेशदत्त देवकोटाले बिद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका-२०७४ ले ब्यबस्था गरे अनुरुप बिधालयको योजना बनाउने गरिएको भएता पनि बिधालयको आवश्यकता र स्थानीय माग र अवसर लाइ मुख्य रुपमा राखी योजना निर्माण गर्दा योजना प्रभावकारी रहने बताउनुभयाे ।

यस कार्यक्रमले आगामी दिनमा बिधालयको योजना सुधार भएर आउने अपेक्षा रहेको व्यक्त गर्नुभयो । अब बन्ने योजनाहरुमा आपतकालिन शिक्षाको योजना, बिपत् योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता बिषयहरु प्रभावकारी बनाउनका लागी यि योजना समेट्न जरुरी रहेको छ ।र यसलाइ चुस्त दुरुस्त राख्नका लागि यस कार्यशालाले टेवा पुर्याउने बताउँदै संस्थाले बिधालय तहको शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि शिक्षकहरुको क्षमता बिकास र स्थानीय तहको नीति योजनाहरुमा समेत टेवा पुरयाएकाले स्याक नेपाल तथा प्लान इन्टरनेशनल नेपाललाई उहाँले धन्यवाद दिनुभयो ।

कार्यशालमामा योजना निर्माणमा नीतिगत ब्यबस्था, विद्यालय सुधार योजना का अनुभव र अभ्यास, बिधालयको लक्ष्य उदेश्य, आबश्यकता बिश्लेशण, विद्यालय सुधार योजना SIP मा प्रधानाध्यापक हरुको नेतृत्व तथा भुमिका बारेमा छलफल गरिने छ ।

यस कार्यशाललाई नेपाल सरकारका पुर्व शिक्षा सचिव एवं बर्दियाका पुर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहाले सहजिरकण गरिरहनुभएकाे स्याक नेपाल शाखा कार्यालय गुलरिया बर्दियाका सिकाइ परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleसुत्केरी पशु भत्ता कार्यक्रमले खजुराका किसान पशुपालनतर्फ आकर्षित
Next articleनेपालगञ्ज जेसीज वर्ष-२०२३ काे अध्यक्षमा राेशन केसी निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here