
नेपालगन्ज । वार्षिक अग्रिम भुक्तानी बिमा गरेका बाँके जानकी गाउँपालिका वडा नं-२ का भरतराम खटिकलाई प्राण घातक राेग बिमा बापतकाे रकम बिमा कम्पनीले प्रदान गरेकाे छ ।
बिमा बापतकाे चाैथाै भुक्तानी दिने समयमा रहेका खटिकलाई मस्तिष्क ट्यूमर (ब्रेन ट्यूमर) देखिएपछि युनियन लाईफ ईन्सुरेन्स बिमा कम्पनीले घातक राेग बापतकाे पाँच लाख रूपैया प्रदान गरेकाे हाे ।
बिमा कम्पनीका प्रदेश प्रमुख भाेज बहादुर कुवंरले बिरामी खटिकलाई प्रदान गर्नुभएको थियाे । साे क्रममा प्रदेश उप-प्रमुख उमेश ठाकुर, बाँकेका सिनियर एजेन्सी म्यानेजर राज कुमार शर्मा र जानकी २ का स्थानीय कमलेश बर्माकाे उपस्थिति रहेकाे थियाे ।
खटिकले युनियन लाईफ ईन्सुरेन्स बिमा कम्पनीमा वार्षिक अग्रिम भुक्तानी बिमा गर्नुभएको थियाे । उहाँले तिर्नुपर्ने बिमाकाे ३ किस्ता तिरेर चाैथाै किस्ता तिर्ने तयारी गर्नुभएको थियाे ।
खटिकलाई बिमा गरेकाे दुई वर्षपछि मस्तिष्क ट्यूमर राेग देखिएकाे सिए एम शर्माले जानकारी दिनुभयो । १० लाख बराबरको बिमासंगै खटिककाे ५ लाखकाे प्राण घातक बिमा रहेकाे थियाे ।





