जानकीको हिउँदे अधिवेशन शुरु

मानपुर । जानकी गाउँपालिकाको हिउँदे अधिवेशन सोमबारबाट शुरु भएको छ । मानपुरस्थित गाउँकार्यपालिकाको कार्यालयमा शुरु भएको १३ औं हिउँदे गाउँसभाको लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले उदेघाटन गर्नुभयो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघ, प्रदेश र जिल्ला समन्वय समितिमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

पालिका अध्यक्ष खाँले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की लगायत जिल्ला समन्वय समदस्यहरुलाई सम्मान गरिएको हो ।

गाउँसभाको उद्घाटन शत्रमा बोल्दै सांसद कुर्मीले जानकीको विकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले जानकीमा पक्षपातरहित विकास गर्न जरुरी रहेको बताउँदै पछाडी परेका क्षेत्रको विकासका लागि विशेष राणनीति अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष खाँले वितेको ६ महिनामा पालिकाले केही महत्वपूर्ण कार्यहरु गरेको जानकारी गराउँदै वडा वडामा बैंक, छोरी जन्मने वित्तिकै ५ हजार रुपैयाँको बीमा लगायतका कामको सुरुवात आफूले गरेको बताउनुभयो ।

गाउँपालिकाका प्रबक्ता टिकानाथ यादवले गाउँपालिकालाई अब्बल सावित गर्दै जनपक्षीय कामहरु अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले हिउँदे गाउँसभामा प्रस्तुत हुने एजेण्डाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले संघियताको सफल र असल अभ्यासमा खरो उत्रिँदै जनतालाई त्यसको अनुभूति दिलाउने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।

Previous articleप्राण घातक राेग बिमा बापत भरतरामलाई पाँच लाख प्रदान
Next articleचार दिनमै बाँकेमा ९२ जनामा दादुरा संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here