पर्यटन गन्तव्यको प्रसार गर्न ‘गेटवे अफ वेस्टर्न नेपाल’ संचालन हुने

नेपालगञ्ज । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ वेस्टर्न ट्राभल मार्ट नेपाल, नेपालगन्ज ‘गेटवे अफ वेस्टर्न नेपाल’ नेपालगञ्जमा संचालन हुन लागेको छ ।

नेपाल पर्यटन बोर्डको आयोजनामा, नेपालगञ्ज उपमहानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ संस्थाहरुको सहकार्यमा यही माघ १५, १६, र १७ गते ‘गेटवे अफ वेस्टर्न नेपाल’ नेपालगञ्जमा हुने भएको हो ।

पर्यटन व्यवसायीहरूको व्यवसायिक विकास विस्तार अन्तर्राष्ट्रिय स्रोत बजारका टूर अमेटर एवम् पर्यटन व्यवसायी संग व्यवसायिक सम्बन्ध स्थापित गर्न नेपाल पर्यटन बोर्ड र सरकारका अन्य निकायसँगको साझेदारीमा वेस्टर्न ट्राभल मार्ट नेपालको आयोजनामा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाबाट कार्यकारी समेत ७५ जना, छिमेकी बोर्डर शहरहरूबाट ४० जना र आन्तरिक पर्यटन व्यवसायीहरु करिब ३ सय जना ट्राभल टूर अप्रेटर्स, बल्गर, सोसल मिडिया इन्फ्लुनर्सको सहभागिता रहने मार्टमा प्रदेशका पर्यटनहरूको भेलाभई स्थानीय संस्कृति, टूर प्याकेज लुम्बिनी कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्न यो कार्यक्रमले सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्ज्य रेग्मीले बताउनुभयो ।

सहभागी भारतीय टुर अपरेटर नेपालका पर्यटन व्यवसायी सहभागी गराई कैलाश मानसरोवर दुरदर्शनका लागि प्रयासरत स्थानको सहमति हुनसाथ यसले सार्थकता पाउनेमा आयोजक विश्वस्त रहेको सोमबार पत्रकार सम्मेलनमार्फत आयोजकले बताएको छ ।

कर्णाली नदीमा राफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुन्ज भित्र जंगल सफारी, स्थानीय सांस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोको भ्रमण समेत गराउने जनाएको छ ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै देशका लागि पर्यटन आगामी दिनमा मेरुदण्ड बन्न सक्ने र पश्चिम नेपालको पर्यटनको विकास व्यवसायीक विस्तारका लागि नेपालगञ्जबाट आफुहरुले पहल र प्रयास गरिरहेको वेस्टर्न ट्राभल मार्ट नेपाल, नेपालगञ्जका संयोजक राम सिग्देलले जानकारी दिनुभयो ।

Previous articleचार दिनमै बाँकेमा ९२ जनामा दादुरा संक्रमण
Next articleरेडक्रस सोसाइटी कचनापुर उपशाखाको सभापतिमा खड्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here