
नेपालगञ्ज । दादुरा-रुबेला फैलिएपछि नेपालगञ्जका विद्यालयहरुमा विदा लम्ब्याइएको छ । अत्याधिक चिसो बढेपछि पुस २४ र २६ गते विद्यालयहरुमा विदा दिएको नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा-रुबेला संक्रमण बढ्दै जाँदा थप दुई दिन विदा लम्ब्याएको हो ।
शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले आज एक सूचना निकालेर पूर्व निर्धारित परीक्षाहरुलाई असर नपर्ने गरी पुस २८ र २९ गते उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा सार्वजनिक विदा दिइएको उल्लेख छ ।
पुस २३ गते शनिवार, २७ गते पृथ्वी जयन्ती, पुस ३० गते शनिवार तथा माघ १ र २ गते लुम्बिनी प्रदेश सरकारले माघीको विदा दिने भएकाले नेपालगञ्जका विद्यालय १० दिन बन्द हुने भएका छन् । 





