नेपालगन्जकाे थपुवामा आँखा तथा कान शिविर, २४५ जनालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान

नेपालगन्ज । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा लायन्स र लियो क्लब अफ नेपालगन्ज इन्नेभेटिभले निःशुल्क आँखा तथा कान शिविर आयोजना गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं-२० थपुवामा आयोजना गरिएको शिविरमा १ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण गराएका थिए । शिविरमा निःशुल्क परिक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो ।परिक्षणका क्रममा १५ जनामा मोतियाबिन्दु, ५ जनाको आँखामा मासु पलाएको र ६ जनाको कानको अप्रेशन गर्नुपर्ने देखिएको डिस्ट्रिक्ट एडभाईजर लायन उमा थापामगरले जानकारी गराउनुभयो ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै फस्ट भिडिजि लायन मुकुट ढकालले लायन्सका संस्थापक मेल्बिन जोन्सले समाजका विविध समस्याहरुलाई सामाजिक सेवा मार्फत तत्काल सम्बोधन गर्न लायन्स क्लबको स्थापना गरेको हुँदा आफूहरुले पनि तत्काल समस्या समाधानका लागि पहल कदमी गरिरहेको बताउनुभयो ।

उहाँले सामाजिक सेवा आफैमा जटिल कार्य हो तर सबैको हातेमालो भयो भने समाजका हरेक समस्यामा लायन्सको सदैव अग्रसरता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।त्यस्तै निर्वतमान डिस्ट्रिक्ट गर्भनर लायन मधुसुदन शर्माले लायन्स क्लबले समाजको कुना कुनामा लुकेका तर पहुँचको अभावमा सेवा लिनबाट वञ्चित समुदायलाई टार्गेट गरेर लायन्स क्लबले सामाजिक सेवाका कार्यहरु निरन्तर गरिरहेको बताउनुभयो ।

पुर्व डिस्ट्रिक्ट गर्भनर लायन शेम शाक्यले करिब १ सय वर्षदेखि सामाजिक सेवा मार्फत लायन्स क्लब देशको दुर दराजसम्म पुगेर समाजका विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने गरेको बताउनुभयो ।

क्लबका अध्यक्ष लायन विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर डिस्ट्रिक्ट एकज्युटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठ, डिस्ट्रिक्ट एकज्युटिभ चिफ लायन शशि श्वाँर, एक्ज्युटिभ डिस्ट्रिक्ट को चिफ लायन सरिता शाक्य, मेल्बिन जोन्स डे सेलिब्रेसन कोर्डिनेटर लायन साबित्रा शर्मा, डिस्ट्रिक्ट एडभाईजर लायन कृष्ण प्रसाद श्रेष्ठ, डिस्ट्रिक्ट चिफ लायन डिल्ली रेग्मी, लायन मिना ढकाल, लायन मन्दिरा पाण्डे, लियो प्रकाश कुँवर लगायतको उपस्थिति रहेको थियो ।

Previous articleबाँकेका १ सय १५ जनामा दादुरा संक्रमण, करिब चार हजारलाई खाेप प्रदान
Next articleनेशनल प्याब्सनद्वारा असहाय बाल संरक्षण केन्द्रलाई खाद्यान्न तथा नगद सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here