
राप्तीसोनारी । नेशनल प्याब्सन राप्तीसोनारीले शाखाले बुधबार राप्तीसोनारी-५ विनौनास्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रमा रहेका १० जना असहाय बालबालिकाहरुका लागि खाद्यान्न, शैक्षिक सामाग्री र नगद सहयोग गरेको छ ।
नेशनल प्याब्सन स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा शाखाले १०० किलो चामल,१५ किलो दाल ५ किलो तेल,७२ पिस कपी,१० थान कलरपेन १० पाकेट सिसाकलम र ७ हजार ६ सय १५ रुपैयाँ सहयोग गरिएको नेशन प्याब्सन राप्तीसोनारी शाखा अध्यक्ष सागर दत्त गौतमले जानकारी दिनुभयाे ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं-५ की वडा सदस्य तथा कार्यक्रमकी प्रमुख अथिति कमला बिकले प्याब्सनले असहाय बालबालिकाहरुलाई सहयोग गरी उदाहरणीय र प्रशंसनिय काम गरेको बताउनुभयाे ।
उहाँले निजी स्तरबाट भएपनि सेवा गरिरहेका शिक्षकहरुको सहयोगी भावनाबाट आफु निकै हषित भएको बताउनुभयाे । साथै उहाँले सामुदायिक र निजी विद्यालयमा पढ्ने सबै गरिब किसानकै छोरीछोरी भएको हुँदा संस्थागत र सामुदायिक विद्यालयहरुमा स्थानीय सरकारले समान सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयाे ।
कार्यक्रममा बोल्दै नेशनल प्याब्सन राप्तीसोनारी शाखा अध्यक्ष गौतमले नेशनल प्याब्सनको स्थापना दिवसका अवसरमा अनावश्यक औपचारिक कार्यक्रम गरी खर्च गर्नुभन्दा थोरै भएपनि बाल संरक्षण केन्द्रमा रहेका बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयाे ।
कार्यक्रममा नेशनल प्याब्सनमा राप्तीसोनारीका पदाधिकारीहरु गौतमले रु २ हजार ५ सय लोकराज डाँगीले २ हजार ५ सय, डम्बर खत्री १ हजार १ सय, केशर बहादुर ओली रु ५ सय ५, गोविन्द विष्टले रु ५ सय ५ र टोपेन्द्र खड्काले ५ सय ५ रुपैया सहयोग गर्नुभएकाे थियाे ।
कार्यक्रममा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वली, नेशनल प्याब्सन राप्तीसोनारी शाखाका पदाधिकारीहरु सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।





