वडा प्रहरी कार्यालयद्वारा बसपार्क क्षेत्रबाट दुई लाख बढीकाे अबैध कपडा बरामद

नेपालगन्ज । बाँके प्रहरीले फेरि ठुलाे मात्राकाे भन्सार छलेर ल्याईएकाे ठुलाे मात्रामा अबैध कपडा (सामान) बरामद गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहाले भन्सार छलिकाे बरामद सामान सार्वजनिक गरिएकै दिन शुक्रबार वडा प्रहरी कार्यालय नेपालगंजले नेपालगकाे बसपार्क क्षेत्रबाट ठुलाे मात्रामा अबैध कपडा (सामान) बरामद गरेकाे हाे ।

शुक्रबार साँझ ७ बजेकाे समयमा नेपालगंज वडा न-४ बसपार्कस्थित सडक खण्डमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याईएकाे दुई लाख एकानब्बे हजार दुई सय अस्सि बराबरकाे सामान बरामद गरेकाे छ ।

जिल्लाकाे निर्देशन अनुसार वडा प्रहरी कार्यालय नेपालगंजकाे सक्रियतामा अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेबाट खाटिएको प्रहरी नायब निरीक्षक सन्तोष खनाल नेतृत्वको प्रहरी टोलीले १६३ थान उलनको कुर्ता सुरुवाल, ११४ थान उलनको सल र २४ थान कुर्ती बरामद गरेकाे प्रहीले जनाएको छ ।

Previous articleकोहलपुर नगरपालिकाको १२ औं नगरसभा शुरू
Next articleसार्वजनिक वित्त व्यवस्थापनबारे संचारकर्मीसंग अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here