
नेपालगन्ज । सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रमका विषयमा सञ्चारकर्मीहरुसंग अभिमुखीकरण गरिएको छ ।
युरोपियन युनियन, युनिसेफ, युएन वुमेनको सहयोग एवम् मित्र समाज र डेक्को नेपालको संयुक्त संयोजकत्वमा सञ्चालित कार्यक्रमको उद्देश्य र प्रभावकारी कार्यान्वयनबारे शुक्रबार नेपालगन्जका सञ्चारकर्मीहरुसंग अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरणमा मित्र समाजका टिम लिडर विनय दिल लामाले बजेट योजना, कार्यान्वयन र अनुगमन प्रक्रियामा नागरिकहरुको अर्थपूर्ण सहभागिताले सार्वजनिक सेवाहरुमा पहुँच सुनिश्चित गराउन सकिने बताउँदै उनले यसले सामाजिक ऐक्यवद्धता र सुशासन प्रबर्द्वन गर्ने बताउनुभयाे ।
यो कार्यक्रमका लागि नेपालगञ्जका ११ वटा वडा छनौट गरिएको छ । सार्वजनिक बित्त व्यवस्थापन कार्यक्रमले अपांगता भएका, सीमान्तकृत, महिला, बालिबालिका, जेष्ठ नागरिक, विपन्न बर्गलाई विशेष अभिमुखीकरण गरेर अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ । 





