
नेपालगञ्ज । यति बेला नेपालगञ्ज शहरको बाटो, सडक, गल्लीहरुमा प्रचार गाडी गुडिरहेका देखिन्छ । प्रचारगाडी, अटो रिक्सा, ईबेटरी रिक्साहरुमा महोत्सवको व्यानर र जिङ्गल मार्फत व्यापक प्रचार भईरहेको देखिन्छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको प्रमुख आयोजना र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा.लि.बाँकेको सहआयोजनामा नेपालगञ्जमा प्रदेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव तय गरिएको छ । माघ १० गतेदेखि संचालन हुन लागेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी समेत तीब्र रुपमा व्यापकता पाएको छ ।
विगतमा कोभिड संक्रमणका कारण ३ वर्षपछि नेपालगञ्जमा लाग्न लागेको महोत्सवले निकै चर्चा पाएको छ । प्रादेशिक महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ कारकादो स्थित सडक डिभिजन कार्यालयको परिसरमा हुन लागेको महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरु आउने भएपछि दर्शक महोत्सवमा अवलोकन गर्न पाउनका लागि निकै उत्साहित देखिएका छन ।
महोत्सव गुणस्तर हुनुपर्छ भन्ने मान्यताका साथ आयोजक समिति फिल्डमा दौडधुपमा छन । महोत्वलाई थप व्यवस्थित गर्ने किसिमले गम्भिर रुपमा लिएर प्रचारप्रसार, सजावट, पार्किक, ख्यातीप्राप्त कलाकार, प्रचापम्पलेटमा निकै ध्यान दिईरहेको आयोजकले जनाउँछ ।
महोत्सव नजिक्दै गर्दा दौडधुमका लागि समिति परिचालन गरेर कामलाई तीब्रता दिईएको सहआयोजकका अध्यक्ष भक्त बहादुर थापाले बताउनुभयो । महोत्सवमा समितिले १ लाख दर्शक भन्दा बढिले अवलोकन गर्ने अपेक्षा लिईएको थापाले जानकारी दिनुभयो ।
महोत्सवका लागि जिल्लाबाट संचालित अनलाईन संचारमाध्यम, छापा, सोसल मिडिया, रेडियो, टिभि मार्फत समेत व्यापक रुपमा प्रचारप्रसार गरिदैछ ।
महोत्सवमा कुस्ति प्रतियोगिता समेत आयोजना गरिएको छ । यस प्रतियोगिताले नेपालगञ्जको लागि नौलोपना ल्याएको छ । प्रत्यक्ष कुस्ति हेर्नपाउदा दर्शक महोत्सव प्रति निकै उत्साहित छन ।





