महाेत्सवलाई मनाेरंञ्जनदेखि व्यापारीक थलाेका रूपमा बनाईने

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा हुन लागेको प्रादेशिक महोत्सवलाई रमाईलो, जमघट हुने थलो, व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईदैछ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादो स्थित रहेको सडक डिभिजन कार्यालयको परिसरमा हुन गइरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी बिषयमा प्रमुख आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले यस्तो जनाएको हो ।

मिडिया संगको अन्तरवार्तामा महासंघका महासचिव जिआर भुसालले नभन्नुभयो, ‘हामीले गुणस्तरको महोत्सव हुनुपर्छ भन्ने हिसाबले प्रचारप्रसारलाई तिब्रता दिएका छौं ।’

उहाँले थप भन्नुभयाे, ‘हामीले थप व्यवस्थित गर्ने किसिमको महोत्सव गराउन सक्छौं भन्ने हिसाबले गम्भिर रुपमा लिएर व्यापकता दिईरहेका छौं ।’

‘महोत्सलाई व्यापक रुप दिएर एउटा व्यापारिक थलो, रमाईलो गर्ने थलो, जमघट हुने थलो र बिटु बिज्नेस टु बिज्नेसको लक्ष्य पुरा हुने सम्भावनाको थलोको रुपमा व्यापकतामा जोडिएका छौं ।’

उहाँका अनुसार हालसम्म महोत्सवको ८० प्रतिशत भन्दा बढी स्टल बुकिङ्ग भइसकेको छ । मिडिया मार्फत पनि प्रचारप्रसारलाई व्यापकता दिईएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि.को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म महोत्सव हुन लागेको हो ।

विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको बुझिएको छ ।

Previous articleखजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता शुरू
Next articleव्यानर तथा जिङ्गलमार्फत महोत्सवको प्रचारमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here