नेपालगन्ज महोत्सवभित्र थारु गाउँ पनि हुने

नेपालगन्ज । नेपालगन्जमा हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ भित्र थारु गाउँ पनि संचालन हुने भएको छ । यही माघ १० गतेदेखि संचालन हुने नेपालगन्ज महोत्सवमा थारु गाउँ पनि संचालन हुने भएको हो ।

थारु गाउँमा थारु समुदायको विभिन्न परिकार जस्तै ढिक्री, घोघी, मुसाको चटनी, अचार, सिध्रा, सुङगुरको मासु, जाँडको झोल लगायतका परिकार पाइने सोनारी राप्ती मिडिया प्रालिका संचालक हेमन्त चौधरीले बताउनुभयो ।थारु गाउँमा राष्ट्रिय तथा स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहेको चौधरीले बताउनुभयो । थारु गाउँमा १५ वटा थारु स्टल रहने छ भने थारु गाउँमा प्रवेश गर्न ३० रुपैया टिकट लाग्ने आयोजक सोनारी राप्ती मिडिया प्रालिले जनाएको छ ।

थारु गाउँमा थारु संग्राहलय समेत रहने छ । यही माघ १० गतेदेखि नेपालगन्ज वडा न-१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा मेला संचालन हुन लागेकाे हाे ।

Previous articleअमेरिकाका राष्ट्रपतिको निवासमा छापा, गोप्य सरकारी दस्ताबेज जफत
Next articleनेपालगञ्ज महोत्सवको तयारी अन्तिम चरणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here